ट्रेन्डीङ्ग

बझाङमा स्वास्थ्य सामाग्री प्रयाेग गर्दै विद्यालय सञ्चालन गर्ने डि सि एम सिको निर्णय

उत्तमकुमार थापा,भदौ १४ ,बझाङ।बझाङ जिल्लामा डिसिएमसीकाे बैठक सम्पन्न भएको छ।जिल्ला प्रशासन कार्यालयकाे सभाहलमा बैठक सम्पन्न भएको हाे ।

बैठकमा प्रमुख जिल्ला अधिकारीले अहिलेकाे लकडाउन बारे जानकारी गराउदै, स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जाेशीले जिल्लामा रहेको काेभिड १९ काे अवस्था बारे जानकारी गराएपछि ।डिसिएमसी समन्वय समितिकाे बैठक अगाडि बढेको थियाे ।

प्रशासन कार्यालयकाे सभाहलमा सुरु भएको काेभिड राेकथाम बैठकमा पछिल्लो २४ घण्टामा जिल्ला काेभिड विरामी शुन्यमा झरेकाे बताउदै अब प्रत्येक स्थानीय तहमा रहेका जिल्ला भरिका विद्यालयहरु खाेल्ने निर्णय गरिएको छ । विद्यालय सञ्चालन गर्नुपर्ने र माक्र्स अनिवार्य रुपमा प्रयाेग गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी माेहन अधिकारीकाे भनाइ छ ।

खाेप नलगाएका शिक्षकलाई खाेप लगाउदै,विद्यालय सञ्चालन गर्नुपर्ने निर्णयमा उल्लेख गरिएको हाे।बैठकले भदौ ३० सम्म लकडाउन जारी राखेको पाइन्छ ।सबैलाई सयम्ता अप्नाउदै अगाडि बढ्न अनुराेध गरिएको हाे । यदि विद्यालय सञ्चालन गर्दा कुनै विद्यालयमा समस्या देखापरे विद्यालय बन्द गर्नुपर्ने र स्वास्थ्य बाट चेकजाँच तिव्र पार्नुपर्ने उल्लेख छ ।भाेली देखि मापदण्ड कायम राख्दै शैक्षिक सँस्था खुला गर्न निर्णय आजकाे मुख्य एजेन्डा रहेकाे थियाे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?