ट्रेन्डीङ्ग

सहकारीलाई प्रविधिकरण र ब्यवसायीकरण गर्न बुटवलमा कार्यशाला गोष्ठी सम्पन्न

भदौ १२ बुटवल ।नेपालमा डिजिटल प्रविधि मार्फत सहकारीहरुको आर्थिक कारोवार गर्ने गराउने उद्देश्यले स्थापित हब कोअपरेटिभ सर्भिस लिमिटेड र जिल्ला सहकारी सघं लिमिटेड रुपन्देहिको संयुुुक्त आयोजनामा बुटवलमा एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा वोल्दै हब कोअपरेटिभ सर्भिस लिमिटेडका संस्थापक अध्यक्ष हिरामणी पौडेलले सहकारी आन्दोलन मार्फत आमसर्वसाधारण तथा सदस्यहरुलाई प्रविधिको प्रयोग गरी बिश्व स्तरीय सेवाहरु उपलब्ध गराउन हव को अपरेटिभ लिमिटेडमा सबै सहकारी संस्थाहरु आवद्ध हुन अनुरोध गर्नुभएको थियो। कार्यक्रममा हब सोलुसनका प्रमुख कार्यकारी अधिकृत के. एन मिश्र ले सहकारी संस्थाहरुलाई कसरी सहकारी प्रबिधिमैत्री बनाउन सकिन्छ सो बिषयमा प्रस्तुतिकरण गर्नु भएको थियो । एवं नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड नेपालका सन्चालक सदस्य सन्दिप सापकोटाले हवको अपरेटिभ सर्भिस लिमिटेडले सहकारी संघ संस्थाहरुलाई प्रविधिमैत्री बनाउन गरिरहेको कार्यको उच्च प्रसंशा गर्नु भएको थियो।

जिल्ला सहकारी सघं लिमिटेड रुपन्देहिका अध्यक्ष एवम् राष्ट्रिय सहकारी महासघं नेपालका संचालक भिम प्रसाद तुलाचनको सभापतित्व तथा यस भेगका संघ संस्थाहरुका प्रतिनिधिहरुको सहभागीतामा सम्पन्न भएको थियो ।

यस संस्थाले समयको मागसँगै समुदायमा विभिन्न सेवाहरु उपलब्ध गराउँदै आइरहेका सहकारीहरुको प्राविधिकीकरण गरी राष्ट्रिय सञ्जाल निर्माण गरी प्रविधियुक्त बनाउने उद्देश्य राखेको छ ।नेपालमा संचालित झन्डै ३० हजार सहकारी संस्थाले ६० लाख भन्दा बढी जनसंख्याको जीवनस्तर उकास्न क्रियाशिल सहकारी संस्थाहरुले समाजमा सहकारी संघ संस्थाहरुप्रति प्रतिस्पर्धि वित्तीय सेवाको विस्वसनीयतालाई बढाउन आवश्यक समय सापेक्ष सुलभ डिजिटल प्रविधिको विकास गरी,सहकारीको माध्यमबाट देशका कुना कन्दरासम्म प्रविधिमैत्री सेवाको श्रृजना गर्न सहकारी ऐन बमोजिम सहकारी क्षेत्रमा लामो अनुभव भएका प्रतिष्ठित व्यक्तिहरुको सहभागिता तथा सक्रियताद्घारा स्थापना गरिएको हब कोअपरेटिभ सर्भिस लिमिटेड नामक संस्थाले सहकारीहरुमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विप्रेषण रेमिट्यान्स सेवा, स्मार्ट मोबाईल बैंकिङ्ग सेवा, सहकारी-बैंक-सहकारी रकमान्तर सेवा, अन्तरसहकारी भुक्तानी सेवा,बचत तथा ऋण कारोवार, डिजिटल सेभिङ्ग तथा क्रेडिट सेवा, विलहरु भुक्तानी सेवा, वालेट लोड,फोन पे,स्क्यान पे,क्यु आर कोड आदि सेवाहरु उपलब्ध गराउँछ । साथै सञ्जाल निर्माण मार्फत सहकारीहरुलाई विधुतीय कारोवार गर्न अभिपे्ररित गरी आवश्यक अभिमुखिकरण तालिम,प्राविधिक सेवाहरु समेत प्रदान गर्ने जनाएको छ।नेपालभर कार्यक्षेत्र रही देशका जुनसुकै स्थानमा कारोवार गर्न सकिने आयोजकले बताएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सहकारी संघ लिमिटेड रुपन्देहिका अध्यक्ष भिम प्रसाद तुलाचनले वित्तीय कारोवारलाई पूर्ण रुपमा प्राविधिकिकरण गरी सहज र सुरक्षित सेवा प्रदान गर्न अब ढिलो गर्नु नहुने र हब कोअपरेटिभले विकास एवम प्रर्वधन गरेको प्रविधिमा जोडिएर आफ्ना आर्थिक कारोवारहरुलाई पारदर्शी, सर्वसुलभ एवम् सुरक्षित बनाउन सबै सहकारीहरुलाई आग्रह समेत गर्नुभएको थियो ।

उक्त कार्यक्रम जिल्ला सहकारी संघ लिमिटेड रुपन्देहीका सचिव टिका न्यौपानेको सन्चालन, र जिल्ला सहकारी संघ लिमिटेड रुपन्देहीका उपाध्यक्ष डोल प्रसाद अर्यालको स्वागत मन्व्यमा भएको थियो । उक्त कार्यक्रममा रुपन्देही जिल्ला भित्रका ८० भन्दा बढी संस्थाहरुको ११५ जना सहकारी कर्मिको उपस्थितीमा रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?