ट्रेन्डीङ्ग

नेकपामा पहिरो,वडा कमिटी अध्यक्ष सहित ७५ जना काङ्ग्रेसमा प्रवेश

बिकाश घिमिरे,कार्तिक १५ नवलपरासी ।
नेपाली काङ्ग्रेस पाल्हिनन्दन-६ वडा कार्यसमितिले बिजय दशमि ,दिपावली,छ्ठपर्वको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।


बिजयादशमी,शुभदिपावली,मोहम्मद जयन्ती तथा छठ पर्व २०७७ को पावन उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रम वडा सभापती जगदिश सहानी को सभापतित्वमा पुर्व गृह राज्य मन्त्री नेपाली काङ्ग्रेस केन्द्रिय सद्स्य मा.देवेन्द्र कण्डेलज्यु को प्रमुख आतिथ्यतामा,जिल्ला संगठन बिभाग प्रमुख श्री राजेन्द्र सहानी,लुम्बिनी प्रदेश सभा सद्स्य मा.वैजनाथ जैसवाल,केन्द्रिय जेष्ठ राजनितीज्ञ सभा सद्स्य श्री रामचन्द्र मौर्य,केन्द्रिय मुस्लिम बिभाग सद्स्य तौफिक अन्सारी लगायत पार्टी नेता कार्यकर्ताको उपस्थितिमा शुभकामना आदान-प्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको हो ।

साथै सोही कार्यक्रममा नेकपा पाल्हिनन्दन ६ न. कमिटी अध्यक्ष राजेन्द्र केवटको नेतृत्वमा ७५ जना नेता कार्यकर्ता नेकपा परित्याग गरि प्रमुख अतिथी कण्डेल बाट सद्स्यता ग्रहण गरि नेपाली काङ्ग्रेस मा प्रवेश गरेका छन । काङ्ग्रेस लका केन्द्रिय प्रभावशाली नेता समेत रहेका प्रतिनिधि सभा सदस्य माननीय कण्डेलले जिल्लामा सक्रियता बढाए सङ्गै जिल्लामा विभिन्न दल परित्याग गरि काङ्ग्रेस प्रवेश गर्नेको लहरनै चलेको छ। यश अघि पनि जिल्लामा उल्लेखनीय रुपमा काङ्ग्रेस प्रवेश गराएका छन। सो अभियान निरन्तर रहने कण्डेलका स्वकिय सचिव कमल किशोर रायमाझी ले जानकारी दिए।तस्बिरहरु:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal