ट्रेन्डीङ्ग

नेकपा रामपुर नपा र रिब्दिकाेट गाँपाकाे बैठक सम्पन्न

विपि बिश्वकर्मा , भदौ १२ ,पाल्पा। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रामपुर नगर समितीको तेस्रो बैठक सम्पन्न भएको छ।

पाल्पा जिल्लाको रामपुर नगर समितिको बैठकले वैज्ञानिक समाजवादकाे अनिवार्य र अपिहार्य आवश्यकतालाई बाेध गर्न पार्टीकाे अभियान जनता संग एकाकार गराउने याेजना निर्माण गर्दै उक्त बैठक सम्पन्न गरिएको नगर सेक्रेटरी लङ्क बहादुर रानाले बताउनु भयो ।
बैठकको अध्यक्षता नगर सेक्रेटरी लंक बहादुर रानाले गर्नु भएको थियोे भने बैठकमा प्रमुख अतिथि नेकपा पाल्पाका जनसरकार प्रमुख तथा रामपुर नगर इन्चार्ज नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे थियोे ।
यस्तै आज नै रिब्दिकोट गाउँ पालिकाको दोस्रो पुर्ण वैठक सम्पन्न गरेको छ । उक्त वैठक राजिबको अध्यक्ष्यतामा सम्पन्न भएको थियोे । सो वैठकमा रिब्दिकोट गाँउपालिका इन्चार्ज आकाशको प्रमुख आतिथ्यता र अथिती अखिल क्रान्तिकारी पाल्पाका उपाध्यक्ष तथा दलित मुक्ती मोर्चा पाल्पाका जिल्ला सचिव सुदिप बिस्वकर्माको उपस्थितिमा वैठक सम्पन्न भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?