ट्रेन्डीङ्ग

वालिङमा हरियाली पुनःउत्थान परियोजना,फाहोरमैलालाई स्रोतको रुपमा प्रयोग गरिने

भदौ ४ वालिङ।स्याङ्जाको वालिङ नगरपालिकामा हरित पुनःउत्थान प्रवन्धन परियोजना(पिजीआरपी) सुरु भएको छ।नगरलाई सफा सुन्दर बनाउनका साथै रोजगारी सिर्जना गर्ने तथा उत्पादन बृद्धि गर्ने लक्ष्य सहित परियोजना सुरु गरिएको बताईएको छ।

संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) र वालिङ नगरपालिकाको साझेदारी तथा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाको व्यवस्थापनमा परियोजना शुरु भएको हो ।

कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले फोहरलाई श्रोतका रुपमा प्रयोग गरी रोजगारी सिर्जना गरिने बताउनु भयो । उहाँले भन्नुभयो,फाहोरको सम्वन्धमा नागरिकको सोच परिवर्तन गर्न सकेमा सहजै रोजगारी सिर्जना गर्न सकिन्छ ।

स्मार्ट सिटिको अवधारणामा अगाडि बढेको नगरलाई बिभिन्न दातृ निकायबाट सहयोग लिईएर योजना अगाडि बढाईएको जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै युएनडिपी नेपालका लुम्बिनी र गण्डकी प्रदेश प्रमुख सुदिप अर्याल दीगो बिकास लक्ष्य प्राप्तीका लागि हरित पुनःउत्थान परियोजनाले सहयोग पुर्याउने बताउनु भयो । उहाँले भन्नुभयो ‘वालिङको सोच र योजनामा युएनडिपीको सहकार्य निक्कै उपलव्धिमूलक रहेको छ’ ।

वालिङ नगरपालिकाले लिएको उत्पादन र उत्पादकत्व बढाउने योजनालाई युएनडिपीले सहजीकरण गरिरहेको अर्यालले बताउनु भयो ।परियोजनाले नीतिगत र कार्यान्वयनतहमा फोहर मैला व्यवस्थापनका लागि सहयोग गर्ने तथा स्वरोजगारी सिर्जना गर्न सहयोग पुर्याउने अर्यालको भनाइ छ।परियोजनाले बिशेष गरी महिलाहरुलाई स्वरोजगार बनाउने लक्ष्य राखेको उहाँको भनाई छ ।

अभिमुखिकरण कार्यक्रममा युएनडिपीका शहरी फोहोर मैला व्यवस्थापन बिज्ञ सन्तोश दास श्रेष्ठले फोहरबाट रोजगारी सिर्जना गर्ने र परियोजनाले दीर्घकालिन योजना निर्माण गर्ने समेत उहाँको भनाई छ।

फोहोरमैला व्यवस्थापन तथा न्युनीकरणका लागि परियोजना काम गर्ने बताउनु भयो । उहाँका अनुसार परियोजनामार्फत दिर्घकालिन सरसफाई पद्धतीको विकास गरिने छ ।

कार्यक्रममा नगरपालिकाको तर्फबाट ईन्जिनियर दिपेन्द्र मल्लले प्रस्तुती गर्नु भएको थियो । कार्यक्रममा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ल्याप्टेन याम बहादुर गुरुङ,दियालो संस्थाका अध्यक्ष कविता तिवारी लगायतले बोलेका थिए ।कार्यक्रमको सञ्चालन वालिङ नगरपालिका माधव प्रसाद न्यौपानेले गर्नु भएको थियो।

परियोजनको अवधीमा अर्गानिक खेती,फोहरमैलाबाट रोजगारी सिर्जना १४ वटै वडामा उत्पादन भएक बस्तुलाई बजार सम्म लैजाने र उद्यमी गर्न चाहानेलाई ईबिक मार्फत व्यवशायीक योजना बनाई उद्यमशीलतामा अगाडि बढाउने योजना रहेको परियोजना प्रमुख बिशाल बगालेले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal