ट्रेन्डीङ्ग

वालिङका नागरिकलाई सुरक्षित घर फर्काउन पहल गरिरहेका छौं: नगर प्रमुख खाँण

तोलाकान्त बगाले,वालिङ, २ भदौ ।अफगानिस्तानमा रहेका वालिङका नागरिकलाई सुरक्षितरुपमा घर फर्काउनका लागि वालिङ नगरपालिकाले पहल थालेको छ ।

वालिङका नागरिक रोजगारी वा अन्य कुनै कामको शिलशिलामा अफगानिस्तान पुग्नुभएको भए नगरपालिका कार्यालयमा सूचना गरी सहयोग गरिदिनुहुन नगरपालिकाले अनुरोध गरेको छ ।

नगरप्रमुख दिलीपप्रताप खाँणद्वारा आज जारी गरिएको प्रेस विज्ञप्ति अनुसार वालिङका केही नागरिकहरु सुरक्षितरुपमा घर फर्किसक्नुभएको छ। भने केही नागरिकहरु विभिन्न संस्थाको सहयोगमा सुरक्षितरुपमा रहनुभएको जनाईएको छ।

घर फर्कन चाहेर पनि अलपत्र परेको कोही वालिङका नागरिक अफगानिस्तानमा भएको भए नगरपालिका कार्यालयमा खबर गरिदिनुहुन अनुरोध गर्नुहुँदै नगर प्रमुख खाँणले त्यहाँस्थित राजदूताबास तथा अन्य संघ संस्थाहरुलाई उद्दारका लागि आवश्यक पत्राचार गर्ने बताउनुभयो ।

“वालिङ नगरपालिकाका कति जना नागरिकहरु अफगानिस्तानमा हुनुहुन्छ भन्ने यकिन छैन” प्रमुख खाँणले भन्नुभयो, “यकिन भयो भने उद्दार कार्यका लागि सहजता हुने भएकाले सम्बन्धितहरुलाई सूचनाका लागि अनुरोध गरिएको हो, सूचना आउने क्रम जारी रहेको छ ।”

वालिङ नगरपालिकाका हालसम्म तीन जना सम्पर्कमा आउनुभएकामध्ये एकजना सुरक्षितरुपमा नेपाल आईसक्नुभएको छ भने अन्य दुई जना युएडिपी र युनिसेफको कार्यालयमा सुरक्षित रहनुभएको नगर प्रमुख खाँणले बताउनुभयो ।विज्ञप्ति:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?