ट्रेन्डीङ्ग

मुर्ति विसर्जनका क्रममा वेपत्ता चौधरी शव फेला

शिवदास गुप्ता, कार्तिक १३ रुपन्देही ।
दुर्गामुर्ती बिसर्जनको क्रममा नदीमा वेपत्ता भएका चौधरीको शव भेटिएको छ ।

सम्मरीमाई ६ महदेइयाका अन्दाजी १६ वर्षीय मुकेश चौधरी कोटहीमाई ५ दानव र तिनाउ नदीको संगम स्थल दुइ मोहान नदीमा दुर्गा मुर्ती विसर्जनको क्रममा मंगलबार लगभग २:३० बजे डुबेर बेपत्ता भए पछी सशस्त्र प्रहरी बल दुईमोहानका सई सहदेव सापकोटा नेतृत्वमा खटिएको टोली र ईलाका प्रहरी कार्यालय मर्चवार प्रहरी निरिक्षक अमृत भण्डारी, सशस्त्र प्रहरी बल मझगाँवाका सई हिरा श्रेष्ठ , ईलाका प्रहरी कार्यालय मझगाँवाको प्रहरी निरिक्षक चन्द्र बहादुर केसीको नेतृत्वमा खटिएको टोली र स्थानीय व्यक्तीले खोजतलास गरी शव पत्ता लगाएको स्थानियले जानकारी दिएका छन् ।

शव निकालिए पछी विधि पूर्वक चौधरिको दाह संस्कार गरिएको स्थानीले बताएका छन ।

मुर्ती बिसर्जनका लागी गएका स्थानीयले भने ‘ महदेइयाबाट ल्याइएका दुर्गा मुर्ती बिसर्जन भन्दा पहिलै चौधरी सहित अन्य २ जनाले नदीमा नुहाउन थालेका थिए । नुहाईरहेका सोही टोलका भुवाल कुर्मी, मनोज लोध सहित मुकेश चौधरीले डुब्नथालेपछि त्यहा नजीकै रहेका अन्य ब्यक्तिहरूले कराउन थाले तर नदी गहिरो रहेकोले हाम फालेर बचाउन कसैले हिम्मत जुटाउन सकेन।’

नदीमा रहेको डुगां टाढैरहेकोले डुगां पुग्दा पुग्दै २ जनालाई मात्र उद्दार गरिएको प्रत्यक्षदर्शीले बताए । विगत बर्षौ देखी तेस घाट मा येस्तो घटना घटदाई आयेको तपनि स्थानीय प्रहरी,स्थानिय सरकार ,प्रदेश सरकार र केन्द्र सरकार ले यस्ता घटना न्यूनिकरणको को विषयमा कुनै चासो देखाएको छैना स्थानिय को गुनासो छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?