ट्रेन्डीङ्ग

नेकपा रिब्दिकाेट गापा प्रथम भेला सम्पन्न,आकास सेक्रेटरीमा चयन

मुक्ति गैरे,साउन २९,पाल्पा
नेपाल कम्युनिस्ट पार्टी रिब्दिकाेट गाउँपालिकाकाे प्रथम भेला सम्पन्न भएको छ ।

रिब्दिकाेट गाउँपालिकाकाे देउरालीमा प्रथम भेला सम्पन्न भएको छ । उक्त भेलाले सहिद परिवारका सदस्य आकासलाई सेक्रेटरीमा चयन गरेको छ । भेलाले १५ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित गरेको छ । भेलालाई सम्बाेधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला ईन्चार्ज अपेक्षाले वैज्ञानिक समाजवादी व्यवस्थाकाे आधारभुत अाधार,यसको निति तथा कार्यक्रम र यसलाई प्राप्त गर्न पार्टीले अगाडि सारेको जनमत संग्रहका बिषयमा प्रशिक्षण मुलक मन्तव्य राख्नु भएकाे थियोे ।


यस्तै विशिष्ट अतिथि नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव प्रभातले पार्टीको एकीकृत जनक्रान्ति र वर्तमान सत्ताले अगाडि सारेको राष्ट्रिय अपराधका बारेमा धारणा राख्नु भएको थियोे ।

राष्ट्रिय अपराध अहिले एम सि सि पास वर्तमान सरकारले गर्न लागि रहेकोले यसलाई प्रतिवाद गर्नुपर्ने बताउनुभयो र पार्टीले यसलाई प्रतिवाद गर्ने बताउनुभयो । भेलाकाे अध्यक्षता आकासले गर्नु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका जिल्ला सचिव दामोदर अधिकारीले राख्नु भएको थियोे भने अतिथिहरु जनपत्रकार संगठन,नेपाल पाल्पा जिल्ला मुक्ति गैरे,अखिल(क्रान्तिकारी)जिल्ला उपाध्यक्ष सुदिप विक,सहिद परिवार समाजका सदस्य याेगेन्द्र थापा,कुमाल राष्ट्रिय मुक्ति नेपालका जिल्ला संयाेजक धन बहादुर कुमालकाे उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन दल बहादुर सन्माने मगरले गर्नु भएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?