ट्रेन्डीङ्ग

सोयाबिन उद्योगमा आगलागी : करीब चार करोड क्षति

कैलाली १२, कार्तिक ।
कैलाली बुधबार बलायर सोयाबिन उद्योगमा आगलागी भएको छ । जिल्लाकोे टीकापुर नगरपालिका–३ शंकरपुरस्थित सोयाबिन उद्योगमा आज विहान आगलागी भएको हो ।

आगलागीबाट करीब चार करोड क्षति भएको छ । विहान करीब ४ बजेतिर विद्युत् चुहिई आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार गत वर्ष स्थापित उद्योगमा आगलागी हुँदा कारखानाका संरचना र गोदाममा क्षति पुगेको होे ।

आगो विहान ६ बजेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र टीकापुर नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?