ट्रेन्डीङ्ग

रका प्रमुख गोयल संग प्रधानमन्त्रीको भेट् परराष्ट्र निति बिपरित

काठमाडौ- पत्रकार विद्यार्थि संगठन, नेपालले कोरोना महामारिको समयमा हवाई उडान समेत बन्द रहेको समयमा आकस्मिक रुपमा भारतिय जासुसि संस्था रअ प्रमुख सामन्त कुमार गोयल आफ्नो ९ सदस्यिय टोलि लियर आउनु र नेपालि प्रधानमन्त्रि केपि शर्मा ओलि संग मात्रै गोप्य भेट गर्नुले नेपाल सरकारको परराष्ट्र नितिको उल्लंघन भएको भन्दै यसबारे आफ्नो संगठनको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

साथै संगठनले नेपालि प्रधानमन्त्रि र रअ प्रमुख बिच भएको भेट वार्तालाइ लियर बेतुकका समाचारहरु प्रशारण गर्ने भारतीय मिडिया वार का विरुद्धमा नेपाली मिडिया वार ” समेत चलाउन अपिल गरेको छ।

संगठनका केन्द्रिय अध्यक्ष मुक्ति गैरेद्वारा जारि विज्ञप्तिमा भनिएको छ – मिति २०७७/०७/०५ गते काेराेना कारणले हवाई उडान समेत बन्द रहेको बेलामा समेत भारतीय दुतावासले नेपाली नागरिक उड्डयन मन्त्रालय संग एकाक्सि भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाईसिस विङ (रअ)का प्रमुख सामन्त कुमार गाेयल सहितको ९ सदस्यीय टाेलि कुटनितिक उडान मागि नेपाल अाई प्रधानमन्त्री केपी शर्मा अाेलिलाई मात्रै अास्कमिक भेटघाटले हाम्रो संगठनलाई गम्भीर ध्यानाकर्षण गराएको छ ।

उक्त भेटघाटका बिषयमा राज्यका कुनै पनि अंगहरुलाई समेत जानकारी नदिई अति गाेप्य रुपमा भेट गर्नु नेपालको सार्वभौम सत्ता माथि ठाडो हस्तक्षेप र यसलाई प्रसय दिई भेट दिनु सार्वभौम सत्ता विपरीत भएको ठहर्छ । सार्वभौम सत्ताको अपहेलना गर्दै परराष्ट्र नीति/कुटनैतिक मर्यादा,सिअाईबि अनुमति र सहकार्य,राष्ट्रिय अनुसन्धान,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल,नेपाली सेना,रक्षा सचिव र गृह सचिवहरुकाे निगरानी र अनुमति बिना भेटघाट गरिनुलाई हाम्रो संगठन प्रधानमन्त्री केपी शर्मा अाेलिले “जासुसी कुटनितिक `कु´”गरेको ठहर गर्दछ ।

याे घटनाले नेपाल भारतको एक प्रान्त भएको हाेकि भन्ने प्रश्न पनि उब्जाएको छ जसलाई यश भेट लगत्तै भारतीय च्यानल टिभी Tv9 (भारत बर्ष) र शाश्वत टाईम्स हिन्दु दैनिक मिडियाहरुबाट अाएका केही अापत्तजनक समाचार र सम्प्रेषणले पुष्टि गरेको अाभास भएको छ । देशको कार्यकारी संचालक प्रधानमन्त्रीबाटै यस्तो हुनु गम्भीर राष्ट्रघात हाे । हामी नेपालकाे सार्वभौम सत्ताको मर्यादालाई ध्यानमा राखि अगाडि बढीरहेका प्रगतिशील पत्रकार विद्यार्थीहरुलाई समेत उक्त भेटघाट अति गाेप्य राखिनु सार्वभौम सुचनाकाे मर्यादालाई अपहेलना गरेको महसुस गरेका छाैं ।

याे निकै अापत्तिजनक छ । त्यसैले अाम पत्रकार विद्यार्थी नेपाली राष्ट्रवादी मिडियाकर्मिहरु,संचार जगत,प्रगतिशील पत्रकार साथीहरूलाई “भारतीय मिडिया वार का विरुद्धमा नेपाली मिडिया वार ” समेत चलाउन अपिल गर्दछौं । साथै प्रधानमन्त्रीबाट गरिएको “जासुसी कुटनितिक `कु´” का विरुद्धमा सम्पूर्ण राष्ट्र भक्ति,देशप्रेमि एकजुट भई सार्वभौम स्वाधीन देशको रक्षाकाे निम्ति अगाडि बढ्न समेत अपिल गर्दछौं ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?