ट्रेन्डीङ्ग

जनपत्रकार संगठन सुदूरपश्चिम प्रदेश समितिको दोस्रो पूर्ण बैठक सम्पन्न

गणेश एसके,कञ्चनपुर,१७ साउन ।जनपत्रकार संगठन नेपाल सुदूरपश्चिम प्रदेश समन्वय समितिको भेला आयोजक कमिटीको दोस्रो पूर्ण बैठक आईतबार कैलालीको धनगढीमा आईतबार सम्पन्न भएको छ।

आईतबार धनगढीमा बसेको उक्त बैठकले वर्तमान समयमा भइरहेका पत्रकारिता क्षेत्रका विकृति विसंगति, पत्रकार महासंघ भित्रका ज्याजतिका विरुद्ध संघर्स गर्ने र सबै जिल्लाका जिल्ला भेलाका मिति ठोस गरी जिल्ला भेला सम्पन्न गर्ने निर्णय गरेको छ । त्यस्तै जिल्ला भेला पश्चात् प्रदेश भेला सम्पन्न गर्ने र प्रदेशमा एउटा कार्यलय खोल्ने,एउटा सुदृढ र बलियो संगठन बनाउनमा भूमिका खेल्ने लगायतका महत्वपूर्ण निर्णय गर्दै बैठक समापन भएको छ ।

सो बैठकमा प्रमुख अतिथिमा जनपत्रकार संगठन नेपालका केन्द्रीय संयोजक शेर बहादुर विश्वकर्मा,अतिथिमा कैलाली जिल्ला सचिव दीपेन्द्र चलाउने र बैठकको अध्यक्षता भने जनपत्रकार संगठनका सुदुरपश्चिम संयोजक प्रकाश थापाले गरेका थिए । साथै उक्त बैठकमा सबै जिल्लाका जिल्ला संयोजकहरुको प्रतिनिधित्व रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?