ट्रेन्डीङ्ग

६८औं भिमदत्त स्मृतिमा दिप प्रज्वलन, भिमदत्तका सपना एकिकृत जनक्रान्ति मार्फत साकार गर्ने

साउन १७ कञ्चनपुर।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी भिमदत्त नगर कमिटीको आयोजनमा किसान नेता भिमदत्त पन्तको ६८औं स्मृति दिवसको अवसरमा दिप प्रज्वलन गरेको छ।
किसान नेताको स्मृति दिवसको अवसरमा भएको कार्यक्रममा किसान जिल्ला अध्यक्ष रघुबिर जोसिले दिप जलाउदै मल्यार्पण गर्नु भएको थियो। सुदिप नाथले सञ्चालन गरेका थिए भने कार्यक्रम पार्टी नगर सचिव दिपेन्द्र ऐरीले सम्बोधन गर्दै भिमदत्त पन्तका अपुरा सपनाहरु एकिकृत जनक्रान्ति मार्फत पुरा गर्ने बताए। उक्त कार्यक्रममा रग बहादुर कार्की,राकेश चन्द,पदम नाथ,सोभान नाथ र कमल नाथ लगायत नेताकार्यकर्ता स्थानीय बासिन्दाको उपस्थित रहेको थियो।
डडेल्धुरामा बि.स.१९८३ मा जन्मिएका भिमदत्तको
कञ्चनपुर जिल्लामा २०१० भदौ १० गतेका दिन टाउको काटेर हत्या गरिएको थियो उनलाई किसान नेता भनेर समेत चिनिन्छ !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?