ट्रेन्डीङ्ग

भिषण बर्षातका बावजुत नेकपा पाल्पाद्दारा प्रदर्शन

 मुक्ति गैरे, साउन १७ पाल्पा ।
नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति पाल्पाको आयोजनामा भारतीय एसएसबिद्वारा दार्चुलामा भएको जयसिंह धामीको हत्याको विरोधमा भिषण बर्षातका बावजुत पनि माथागढिमा प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ ।


कार्यक्रममा नेकपा पाल्पा जिल्ला सदस्य तथा माथागढि गाउँपालिका ईन्चार्ज लिला सारुले जयसिंहको हत्या प्रकरणबारे सत्यतथ्य सार्वजनिक गर्न र पीडित परिवारलाई उचित प्रकारको राहत प्रदान गर्न माग गरे । उनले जयसिंहको हत्या निर्मम तरिकाले भएको भन्दै यस्तो अमानवीय र अपराधिक कार्य खेदजनक भएको बताए । उनले विदेशी भारतिय हस्तक्षेपको अन्त्यका लागि नेपालकाे दलाल संसदीय व्यवस्थाका मतियारहरूलाई देश निकाला गरेर वैज्ञानिक समाजवादी राज्य सत्ताको स्थापना गर्नुपर्ने बताए ।

उनले जयसिंह धामी एउटा नेपाली नागरिकको हत्या हुँदा पनि राज्य मौन रहेको भन्दै आक्रोश व्यक्त गरे । उनले देशको हित विपरीत हुने कुनै पनि राष्ट्रघाती सम्झौता आफूहरूलाई स्वीकार्य नरहेको भन्दै राष्ट्रिय स्वाधीनता र रक्षाका लागि आफ्नो पार्टीले हरेक प्रकारका सङघर्ष र आन्दोलन गरिरहेको बताए ।

 

साे कार्यक्रमकाे संचालन नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य तथा अखिल(क्रान्तिकारी)पाल्पा अध्यक्ष लंक बहादुर रानाले गर्नु भएको थियोे भने अखिल (क्रान्तिकारी) जिल्ला उपाध्यक्ष सुदिप विक,जनपत्रकार संगठन पाल्पाका माथागढि गाँउपालिका ईन्चार्ज वेद प्रसाद विक लगायतको उपस्थिति रहेको अखिल (क्रान्तिकारी)का अध्यक्ष रानाले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?