ट्रेन्डीङ्ग

अखिल (क्रान्तिकारी)द्वारा किसानका समस्याको विषयमा कैलाली,कञ्चनपुर र डोटी जिल्लामा विरोध प्रदर्शन

गणेश एसके,साउन ११,कञ्चनपुर

किसानको समस्या र मल बीउ विषयको विरुद्धमा नेकपा विप्लव निकट अखिल क्रान्तिकारीले कञ्चनपुरको झलारीमामा विरोध प्रदर्शन गरेको छ । साथै आज उता अखिल क्रान्तिकारी डोटीले डोटी जिल्ला प्रशासन अगाडि सोही किसानको समस्याको विषयमा विरोध प्रदर्शन गरेको डोटी जिल्ला अध्यक्ष ले बताउनु भएको छ र तेस्तै कैलाली जिल्ला समितिले चाहिँ कैलालीको टीकापुर सोही मुद्दामा विरुद्ध प्रदर्शन कार्यक्रम सम्पन्न भएको कैलाली जिल्ला अध्यक्ष सुवास जोशीले जानकारी दिएका छन् ।

अखिल क्रान्तिकारी केन्द्रिय समिति को नीति अनुसार वर्तमान राजनीतिक परिस्थितिमा बढ्दो विदेशी समाराज्यबाद,बदलिँदो राजनीतिक संकट,शैक्षिक विकृति लगायत विविध विकृति विसंगति विरुद्ध प्रदर्शन गरिरहेको र यसै क्रममा अखिल क्रान्तिकारी कञ्चनपुर,कैलाली,र डोटी जिल्ला समितिहरूले पनि सोमबार आम उत्पीडित , श्रमजीवी किसानको समस्या ,मल बीउ विषयको विरुद्धमा प्रदर्शन गरेको छ । यता कञ्चनपुरको अखिल (क्रान्तिकारी ) का सेती महाकाली ब्यरो संयोजक तथा कार्यक्रममा प्रमुख अतिथि विरेन्द्र शाहले सम्बोधन गर्दै विगतदेखि सत्तामा बस्ने शासक हरुले देशमा विभिन्न किसिमका गरी खाने सम्पूर्ण वर्गलाई खेपी नसक्ने गरी समस्या निम्त्याएको छ । यिनीहरूलाई चासो छ त केवल भ्रष्टाचार, घुसखोरी ,सत्तालिप्सा र आफ्नो पद जोगाउन नै हम्मे परेको कुरा यिनका पछिल्ला राजनीतिक घटनाक्रम ले प्रस्ट पारेको छ । यस्ता सबै समस्याको हल यो देशको दलाल संसदीय व्यवस्था ले दिन नसक्ने र यसको समाधान वैज्ञानिक समाजवाद ले दिने बताउनु भएको छ ।

यता कञ्चनपुरको कार्यक्रममा अखिल क्रान्तिकारी का केन्द्रिय सदस्य प्रकाश जप्रेल,अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष ललित एसके लगायत अन्य नेता कार्यकर्ता सहभागी भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal