ट्रेन्डीङ्ग

अखिल (क्रान्तिकारी)द्वारा कपिलवस्तुमा किसानका लागि मल बिउ माग गर्दै प्रदर्शन

साउन ११ कपिलवस्तु ।विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)ले कपिलवस्तुमा किसानको समस्या हल गर्न माग गर्दै प्रदर्शन गरेको छ ।

क्रान्तिकारीले जिल्लाको हल्लानगर स्थित बजारमा किसानको समस्या उठाउदै तत्काल किसानको समस्या हल गर्न माग गरेको छ । संगठनले पुर्व घोषीत कार्यक्रम अन्तर्गत किसानलाइ तत्काल मल ,बीउको माग गर्दै प्रदशन गरेको संगठनका जिल्ला अध्यक्ष बिज्ञान क्षेत्रीले बताए ।

प्रदर्शन कार्यक्रममा मन्तव्य राख्दै संगठन उपाध्यक्ष संगीता बिकले सरोकारवाला पक्ष किसान प्रती गैरजिम्मेबार बनेको र तत्काल किसानको समस्या हल गर्न माग गर्नु भएको छ ।

बिकले हाम्रो रास्ट्र कृषि प्रधान भएकोले अधिकास नागरिक कृषि गर्ने भएको समयमै कृषि जन्य सामग्री उपलब्ध नहुदा समस्या आएको बताउदै जिम्मेवार बन्न र किसानलाइ तत्काल मल ,बिउको व्यवस्था गर्न माग गर्नु भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?