ट्रेन्डीङ्ग

गुल्मीको श्रीङ्गा निवासी कंडेल परिवारद्वारा मन्दिर निर्माण गरी मन्दिर समितिलाई हस्तान्तरण

अमर पन्त ,साउन १० गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका वडा न ३ निवासी पोमलाल कंडेल तथा गिता कंडेलले आफ्नै लगानीमा निर्माण गरेको मन्दिर
छत्रकोट देवि भगवती मन्दिर बृहत बिकास समिती हस्तान्तरण गर्नु भएको छ ।

मन्दिर समितिका अध्यक्ष शालिकराम भुसालको अध्यक्षता रहेको कार्यक्रममा धार्मिक अभियानता चैतन्य कृष्ण प्रभु प्रमुख अतिथी रहनु भएको थियो। यस्तै कार्यक्रममा छत्रकोट गाउँपालिका अध्यक्ष मदु कृष्ण पन्थ,उपाध्यक्ष नर्मदा भण्डारी प्रमुख प्रसासकिय अधिकृत पुन्य प्रसाद गौतम यस्तै वडाका सम्पुर्ण जनप्रतिनिधिहरु ईलाका प्रहरी कार्यलय रिडीका प्रहरी निरीक्षक सुभराज बम धार्मिक अभियानता लगायतको उपस्तिथि रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथी चैतन्य प्रभुले आफ्नो कलाभाषा धर्म सस्कृति संरक्षण गर्न यस भेगमा युवा पुस्ता जागेकोमा धन्यवाद दिदै आगामी दिनहरुमा आफ्नो हिन्दु धर्मसङग सम्बन्धित कार्यक्रमलाई प्रचारप्रसारमा लाग्न सबैलाई आग्रह गर्नु भयो ।कार्यक्रममै मन्दिर निर्माण कर्ता पोमलाल कंडेल उमा कंडेल बिपन दिपेन्द्र यस्तै उहाँका पिता माता पिता वरिष्ठ पण्डित ढुन्डिराज ज्ञवाली ,विकासको लागि खटिने धार्मिक अभियानता तथा पत्रकार चुरामणी तिमिल्सिनालाई दोसल्ला तथा पाल्पाली करुवाले सम्मान गरिएको थियो।मन्दिर निर्माण गर्ने परिवार

बाजा गाजा भजन कृतन सहित पवन्सुत हनुमान लाई मन्दिर प्रवेश गराइयको थियो। समितिका अध्यक्ष बिष्णु पन्थको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन समितिका सचिव धनपति पन्थले गर्नु भएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?