ट्रेन्डीङ्ग

कञ्चनपुरमा जातिय विभेद विरुद्ध अखिल क्रान्तिकारीको प्रदर्शन

गणेश एसके,साउन ३,कञ्चनपुर
नेकपा विप्लव निकट अखिल क्रान्तिकारीले कञ्चनपुरको महेन्द्रनगरमा जातिय भेदभाव तथा विभेदको विरुद्धमा विरोध प्रदर्शन गरेको छ ।

अखिल क्रान्तिकारी केन्द्रिय समितिको नीति अनुसार विगत लामो समयदेखि रहेको जात व्यवस्था , वर्तमान समयमा रुपा सुनार को प्रकरण देखि देशै भरी विभिन्न स्थानमा जातीयताको कारण भएका विविध विकृति विसंगति विरुद्ध प्रदर्शन गरिरहेको र यसै क्रममा अखिल क्रान्तिकारी कञ्चनपुर जिल्ला समितिले पनि आईतबार जातिय विभेदको अन्त्यको माग गर्दै प्रदर्शन गरेको छ ।

अखिल(क्रान्तिकारी)का सेती महाकाली ब्यरो संयोजक वीरेन्द्र शाह ले उक्त कार्यक्रममा बोल्दै जातिय विभेदको पक्षपोषण गर्नेमा राज्य नै लागि परेको र आजको यो आधुनिक युगमा पनि यस्तो अमानविय घृणित कार्य गर्ने लाई कारबाही गर्न यो राज्य व्यवस्थाका परिचालक नै गैरजिम्मेवार रहेको जिकिर गरेका छन् । वर्षौं देखि नै जगडिएको जात ब्यबस्था शिक्षित भनिने व्यक्ति , राजनीतिज्ञ र विभिन्न कथित उप्पलाे जातिका व्यक्तिहरू नै कायम गर्नु खोजेको र यो लाई नियन्त्रण र हामीले यो दलाल राज्य व्यवस्था नै फेर्नु पर्ने बताएका छन ।


संविधानका पानाहरूमा मात्रै हक अधिकार को व्याख्या गरेर मात्रै हुँदैन ती व्यवस्थालाई सशक्त कार्यान्यन गर्नु पर्ने बताउँदै अब समाजमा यसको विरुद्धमा नयाँ साँस्कृतिक क्रान्ति को आबस्यकता रहेको बताएका छन । यस्ता सबै वर्गीय उत्पीडन को अन्त्यमा वैज्ञानिक समाजवाद मा हुने छ र हाम्रो पार्टीले भनेको एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापन गरेर सबै किसिमका उत्पीडन, विभेद अन्त्य हुने बताएका छन ।

उक्त विरोध प्रदर्शन कार्यक्रममा अखिल(क्रान्तिकारी) कञ्चनपुरका अध्यक्ष ललित एसके लगायत जिल्लाका सबै सदस्य सहभागी थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?