ट्रेन्डीङ्ग

सहिद पुत्र प्रकाश बास्तोला पोखराबाट गिरफ्तार

असार २६ पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार आज विद्यार्थी नेता तथा सहिद पुत्र प्रकाश बास्तोलालाई पक्राउ गरेको छ । पोखरा रङ्गशाला अगाडिबाट विद्यार्थी नेता बास्तोलालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी सुवास हमालका अनुसार दुईवटा जाहेरी परेकोले नेता बास्तोलालाई पक्राउ गरिएको बताएका छन् । कसले उजुरी दिएको हो भन्ने विषयमा प्रहरीले केही खुलाउन भने चाहेनन ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवं सहिद पुत्र बास्तोला निडर, इमान्दार र हक्की युवा नेताका रुपमा चिनिन्छन् । यसअघि पार्टी प्रतिबन्धित भएको अवस्थामा पटक–पटक पक्राउ परेका नेता बास्तोलालाई कास्की प्रहरीले पेस्तोल मुखमा छिराउने र मध्यरातमा सेती नदीको पुलमा लगेर, त्यहाँबाट फाल्दिन्छु भन्दै धम्क्याउँदै मानसिक तथा शारीरिक यातना दिदैं आईरहेको थियो ।

गलत धन्दा सञ्चालन गर्ने, अन्याय-अत्याचार गर्ने र दमन गर्नेहरुका विरुद्धमा सशक्त विरोधमा उत्रिने सहिदपुत्र बास्तोलालाई उल्टै प्रहरीले दुःख दिदैं आईरहेकोमा नेकपा कास्कीका एक नेताले चिन्ता व्यक्त गरेका छन् ।

‘प्रहरीका केही उच्चस्तरका अधिकृतहरु सर्वसाधारण जनताको सुरक्षामा भन्दा गलत धन्दा गर्ने गिरोहको सञ्जालसँग बढि निकट भएर आर्थिक फाईदाका लागि त्यस्ता व्यक्तिको ईशारामा नाच्ने र काम गर्ने गरेका घटनाहरु दोहोरिरहेका छन्,’ ती नेताले भने–‘साँझ पख उच्चस्तरका प्रहरी अधिकृतहरुको उठबस कोसँग, कहाँ छ भन्ने कुरा माथिल्लो निकायले हेर्ने र तिनीहरुको फोन सम्पर्क अध्ययन गर्ने हो भने वास्तविकता आफैं छर्लङ्ग हुन्छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal