ट्रेन्डीङ्ग

पुर्व उपप्रधानमन्त्रि चित्र बहादुर केसी आईतवार सुनवल आउने

गोपी ज्ञवाली,परासी, असार २६ गते । पुर्व उपप्रधानमन्त्रि चित्र बहादुर केसी आईतवार सुनवलको एक सभामा सहभागि हुने हुनु भएको छ ।

राष्टिय जनमोर्चाका नवलपरासी जिल्ला सल्लाहकार तिलक सुवेदीका बुवा सालिक राम सुवेदीको १२ पुन्य तिथीको अवसरमा आयोजना गरिएको शोकसभालाई सम्बोधन गर्न पुर्व सहकारी मन्त्रि एवं राष्टिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी सुनवल आउनु हुने भएको राष्टिय जनमोर्चाका जिल्ला सलाहाकार तिलक सुवेदीले बताउनु भएको हो ।

राष्टिय जनमोर्चाका जिल्ला सल्लाहकार सुवेदीका बुवाको यही असार १७ गते ८० वर्षको उमेरमा निधन भएको थियो । कर्मकान्डिय प्रकृया परित्याग गरि प्रगतिशिल तरिकाबाट बुबाको १२ र्औ पुन्य तिथीलाई एउटा शोक सभाको रुपमा मनाउने योजना अन्तर्गत बुवा सुवेदीको आईतवार दिउसो १२ वजे शोक सभाको आयोजना सुवेदी परिवार स्रोतले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal