ट्रेन्डीङ्ग

डोटीमा अखिल क्रान्तिकारीद्वारा रक्तदान

जीवन थापा , असार २०,डोटी । कोभीड-१९ द्वारा सृजित स्वास्थ्य संकटले जिल्ला अस्पतालमा निम्त्याएको रगत अभावको समस्यालाई ध्यानमा राखी अखिल (क्रान्तिकारी ),डोटीको आयोजनामा जिल्लाको राजपुरमा रक्तदान कार्याक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका वैकल्पिक केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज कमरेड प्रसान्तले रक्तदान गरेर गर्नु भएको थियो ।

पार्टीका जिल्ला कमिटी सदस्य विद्रोही कृष्ण बोहरा , सुशील ,अखिल (क्रान्तिकारी )का जिल्ला संयोजक प्रकाश कठायत,जनपत्रकार संगठनका जिल्ला संयोजक जीवन,किसान संगठनका जिल्ला संयोजक चन्द्र बोहरा , ट्रेड युनियनका जिल्ला संयोजक शिव नेपाली, दलित मुक्ति मोर्चाका सेते सार्की लगायत एक दर्जन नेताकार्यकर्ता, युवा तथा विद्यार्थीहरुले रक्तदान गरेका थिए ।

रक्तदानले जिल्ला अस्पतालमा देखिएको रगत अभावलाई हल गरेको भन्दै रेडक्रस र जिल्ला अस्पताल डोटीले आयोजक र रक्तदातालाई धन्यवाद दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?