ट्रेन्डीङ्ग

कालीगण्डकी सेरोफेरो समाज यूकेद्वारा गल्याङ नगर अस्पताललाई आर्थिक सहयोग

असार २० गल्याङ । कालीगण्डकी सेरोफेरो समाज यूकेले गल्याङ नगर अस्पताललाई आर्थिक सहयोग गरेको छ । समाजले कोरोना भाइरस (कोभिड १९) विरामीलाई उपचारमा सहयोग पुग्ने उद्देश्यले गल्याङ नगरपालिकाद्वारा सञ्चालित नगर अस्पताललाई एक लाख १० हजार रुपैयाँ सहयोग गरेको हो ।
आइतबार भएको कार्यक्रममा संस्थाका अध्यक्ष प्रेमसिंह रानाले सहयोग रकमको चेक अस्पतालका प्रमुख प्रशासक थानापति न्यौपानेलाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा अस्पतालका प्रमुख प्रशासक न्यौपानेले संस्थाको सहयोगले विरामीको उपचारमा महत्वपूणर् सहयोग पुग्ने बताउनुभयो । उहाँले प्राप्त रकमको सही सदुपयोग गरी विपन्न परिवारको उपचारमा खर्च गरिने बताउनुभयो । कार्यक्रममा समाजका अध्यक्ष प्रेमसिंह रानाले महामारीको रुपमा रहेको कोरोना भाइरसको नियन्त्रण तथा उपचारका लागि संस्थाले पहल गरेको बताउनुभयो ।

संस्थाका सचिव हेम थापाको पहलमा संकलन भएको रकम अस्पताललाई हस्तान्तरण गरिएको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal