ट्रेन्डीङ्ग

वालिङ १३ मा उद्दमशिलता विकास सम्बन्धि ३ दिने तालिम सुरु

असार १५ वालिङ ।
स्याङ्जाको वालिङ नपा १३ पाठेखोलामा उद्धमशिलता विकाश सम्बन्धि ३ दिने तालिम सुरु भएको छ ।

वालिङ नपा १३ को पाठेखोला स्थित जनशक्ति वचत तथा ऋण सहकारी संस्था र ब मिलन दुग्ध उत्पादन सहकारी सस्थाले छुट्टाछुट्टै ३ दिने तालिम भएको हो ।

जनशक्ति बचत तथा ॠण सहकारी सस्थाको तालीम मिना पाठकको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख प्रशिक्षक केश बहादुर थापा हुनुहुन्छ।यता मिलन दूध उत्पादन सहकारीमा यज्ञ पाठक अध्यक्षतामा भएको तालिमको प्रमुख प्रशिक्षक वसन्त अधिकारी हुनुहुन्छ । दुबैमा वडा१३ का अध्यक्ष आनन्द पाठक प्रमुख आथित्यता भएको थियोे ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा वडा अध्यक्ष पाठकले सधै कृर्षकहरुकै साथमा रहेर काम गर्नुका साथै दुबै सस्थाले आयोजना गरेको तालिमको सफलताको शुभकामना दिनु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?