ट्रेन्डीङ्ग

युवा सङ्गठनद्वारा सापकोटा दम्पतीलाई घर हस्तान्तरण

असार १३ बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको अग्रभागीय सङ्गठन युवा सङ्गठन नेपाल रूपन्देहीले बुटवलको रानीगन्जस्थित तिनाउ किनारामा रहेको गोपिलाल सापकोटा र मायादेवी सापकोटाको घर निर्माण गरी शुक्रबार हस्तान्तरण गरेको छ।

कार्यक्रममा नेकपा रूपन्देही जिल्ला सेक्रेटरी विश्वासले जनताको दुःखमा राज्यको अनुपस्थितिका कारण जनतालाई केन्द्रमा राखेर ८३ वर्षीय गोपिलाल सापकोटा र ७४ वर्षीय मायादेवी सापकोटाको घर निर्माण गरेको बताए । उनले कोरोना महामारीलाई मध्यनजर गर्दै जनताको हरेक समस्यामा नेकपा अग्रमोर्चा भागमा रहेर निरन्तर जनसेवामा जुटिरहेको बताए ।

सेक्रेटरी विश्वासले सापकोट दम्पतीको घर निर्माणपछि जनताले कोही नभएको अवस्थामा पनि नेपाल कम्युनिस्ट पार्टी साथमा छ, भन्ने अनुभूति गरेको बताए । उनले राज्य यो महामारीको बेला जनताप्रति उत्तरदायी भएर जनताको सेवामा लाग्नुको साटो सत्ता जोगाउन र प्राकृतिक स्रोत, साधन दोहन गर्ने कार्यमा व्यस्त रहेको बताए । उनले भने, ‘वर्तमान दलाल संसदीय व्यवस्थाबाट सुकुम्बासी, किसान, मजदुरको मुक्ति सम्भव छैन । यी सम्पूणर् समस्याको समाधानको निम्ति र वर्तमान नेपाली राजनितीमा देखिएको सङ्कटको निकासका लागि वैज्ञानिक समाजवाद स्थापना गर्न जरुरी छ ।’ जसको लागि नेकपाले अघि सारेको व्यवस्था फैसला गर्नुपर्ने चुनाव जनमत सङ्ग्रहमा जानुपर्ने उनले बताए ।

युवा सङ्गठन नेपाल रूपन्देही जिल्ला अध्यक्ष सन्तोष सुवेदीले युवा सङ्गठन नेपालको केन्द्रीय योजना अन्तर्गत रूपन्देही जिल्ला समितिले घर निर्माण गरेको बताए । उनले आवास निर्माणमा सहयोग गर्नुहुने नेकपाका सबै जवस मोर्चाका नेता-कार्यकर्ता र स्थानीयहरूलाई धन्यवाद प्रकट गरे ।

आमा मायादेवी सापकोटाले आवास निर्माणको लागि नेकपाप्रति धन्यवाद प्रकट गर्दै जनताको सेवामा निरन्तर खट्न सुझाव दिइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal