ट्रेन्डीङ्ग

लोकसेवा विशेष:महत्त्वपूर्ण प्रश्नोत्तर

#लोकसेवा विशेष:महत्त्वपूर्ण प्रश्नोत्तर
1.युरोकप 2020 मा कति रास्ट्रको सहभागिता रहेको छ? – 24
2.अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको मुख्यालय कहाँ छ ? -लुसेन स्विजर्ल्यान्ड
3.सगरमाथाको उचाइ कति फिट रहेको छ? र नयाँ उचाइ कहिले सार्वजनिक गरियो?
– 29031.69 फिट (8848.86m)
– वि.स.2077/08/23
4. क्षेत्रफलको आधारमा ठूलोबाट सानो क्रममा सार्क राष्ट्र को क्रम कुन हो?
– IP ANB सिभुमा ( इन्डिया , पाकिस्तान , अफगानिस्तान ,नेपाल, बङ्गलादेश, श्रीलंका , भुटान, माल्दिभ्स )
5. क्योटो प्रोटोकल विश्वभरी कहिले बाट लागू भयो?
– सन् 2005
6. लाल दरवार कुन राणा प्रधानमन्त्रीको पालामा बनेको हो?
– वीर शमशेर
7. रानीपोखरीको बालगोपालेश्वोरको मन्दिर कुन शैलिमा पुनर्निर्माण गरिएको छ?
– ग्रन्थकुट
8. पहिलोपटक सार्कले सम्बन्ध कायम गरेको अन्तर्राष्ट्रिय संस्था कुन हो?
– UNCTAD
9. नेपाल UNO को सदस्य हुँदा नेपालका प्रधानमन्त्री को थिए?
– टंक प्रसाद आचार्य
10. इतिहासका पिता भनेर कसलाइ चिनिन्छ?
– हेरोडोट्स
11. ७ महादेशहरुको क्षेत्रफलको आधारमा ठूलो बाट सानो क्रम ?
– एसिया, अफ्रिका, उत्तर अमेरिका, दक्षिण अमेरिका, अन्टार्कटिका , युरोप , अस्ट्रेलिया
12. राष्ट्रिय कृषि गणना कति कति वर्षमा गरिन्छ?
– 10/10 वर्षमा ( वि.स.2018 बाट सुरु)
13. नेपालको पहिलो संरक्षण क्षेत्र अन्नपूर्ण कुन कुन जिल्लामा फैलिएको छ? – लमजुङ,मनाङ,कास्की, मुस्ताङ,म्याग्दी
14. माइकल फाराडेको जन्म कुन देशमा भएको थियो?
– इङ्ग्ल्याण्ड
15. सबैभन्दा बढी सिमाना नदिनालाले छुट्याएको जिल्ला कुन हो?
– कैलाली
16. जोडा मिलाउनुहोस :
सुक्तिपिटक – बुद्धका उपदेश समेटिएको
विनयपिटक- भिक्षु ले पालना गर्नुपर्ने नियम
अभिधम्य पिटक – बुद्ध दर्शन का कुराहरु
17. बयालिस सालको पर्वमा मारिने प्रधानमन्त्री को हुन?
– रणोद्विप सिह
18. मर्स्याङ्गदि जलविद्युत आयोजनाको आयोजनाको उत्पदन क्षमता कति छ? – ६९ मे वा
19. अमाली प्रथाको खारेजी कुन प्रधानमन्त्री ले गरेका थिए?
चन्द्र शमशेर
20. Father of Botany भनेर कसलाई चिनिन्छ?
– थियोफ्रेट्स
21. प्रथम विश्वयुद्धमा नेपालको तर्फबाट नेतृत्व कसले गरेका थिए?
– बबर शमशेर
22. नेपाल को सबैभन्दा लामो नदि कर्णाली को लम्बाई कति छ?
– ५०७ किमि
23. पाङ्दुरे नाच कुन जातिमा प्रचलित छ?
– मगर
24. निजी क्षेत्र द्वारा निर्मित नेपालको पहिलो जलविद्युत आयोजना कुन हो?
– खिम्ती ( 60 मेवा)
25. १५ औं योजनाले ईन्टरनेट प्रयोगकर्ता कति प्रतिशत पुर्याउने लक्ष्य राखेको छ?
– 80%
26. हेनले पासपोर्ट इन्डेक्स 2021 मा नेपालको पासपोर्ट कति औं स्थानमा रहेको छ?
– 104 औं
27. विश्व सिमसार दिवस कहिले मनाइन्छ? 2021 को नारा के थियो?
– हरेक वर्ष फेब्रुअरी 2 मा मनाइने
– 2021 को नारा : wetlands and water
28. १३ औ दक्षिण एसियाली खेलकुद सागमा नेपालले कति स्वर्ण पदक जितेको थियो?
– 51
29. युरोपमा भुपरिवेष्ठित देशको संख्या कति रहेको छ?
– 18
30. पहिलो पटक पेपरलेस मन्त्री परिषद बैठक कहिले बस्यो?
– वि.स.२०७५/०४/१०
31. फुटुक पर्व कहाँ मनाइन्छ?
– ओलाङ्ग्चुङ्गगोला
32. फेदोर के हो?
– रुस ले अन्तरीक्ष केन्द्रमा स्थापना गरेको ह्युमनोइड रोबट
33. गोपाल पाडे असिम पुरस्कार २०७७ कसलाइ प्रदान गरियो?
– ज्ञान बहादुर बगाले
34. नेपाल सरकारका सचिव एवं विशिष्ट श्रेणीका अधिकृत मर्यादाक्रम को कतिऔ स्थानमा पर्दछन ?
– 13 औ
35. शिवालिक पर्वत भनेर कुन पर्वतमालालाई चिनिन्छ?
– चुरे
संकलन कर्ता:गरिमा बिसि

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?