ट्रेन्डीङ्ग

संरक्षणकाे अभावमा सिद्धबाबा मन्दिर ओझेलमा

प्रेम नारायण रेग्मी, असार ३ ,वालिङ ।
वालिङ् नगरपालिका वडा नं ७ काे छेउ भागमा अवस्थित सयौं बर्ष पुरानो सिद्धबाबा मन्दिर तथा गुफा संरक्षणकाे अभावमा ओझेलमा परेकाे छ ।

स्याङ्जाको चापाकाेट नगरपालिका , पाल्पाको रामपुर नगरपालिका लगायत कालिगण्डकी बेशिबाट स्याङ्जाकै सुप्रसिद्व गह्रौंकालिका मन्दिर दर्शनका लागि जाने भक्तजनहरूले पहिले सिद्धबाबा मन्दिर दर्शन गरेर मात्र गह्रौंकालिका जाने गरेता पनि पछिल्लो समय संरक्षण नहुदा मन्दिर जिर्ण भएकाेले दर्शन गर्न जानेकाे संख्या निकै कम रहेकाे पाईन्छ ।

गह्रौंकालिका दर्शन गर्न जादा सिद्धबाबा दर्शन नगरि गएमा मनाेकामना पूरा नहुने कालिगण्डकी बेशिका भक्तालुहरूले भन्ने गरेकाे पाईन्छ । मन्दिरमा पहिले विहान बेलुका पुजाआँचा गर्नका लागि पुजारी भएता पनि मन्दिर जिर्ण भई भत्किएपछि पुजा हुन छाेडेकाे छ ।

सिद्धबाबा मन्दिर भन्दा कुनाकाे भागमा सिद्धगुफा रहेकाे र गुफामा विभिन्न भगवान , गाईकाे थुन , नाग लगायतकाे आकृति रहेकाे पाईन्छ ।

केही बर्ष पहिले स्थानीय संस्कृति उत्थान समितिले पुननिर्माण र संरक्षणमा केही अग्रसरता देखाएकाे थियाे साथै स्थानियले मन्दिर व्यवस्थापन समिति गठन गरि मन्दिरको छेउ भागमा पर्खाल उठाउने काम गरेका थिए तर पछिल्लो समय व्यवस्थापन समिति पनि निष्क्रिय जस्तै भएकाे छ ।
वालिङ नगरपालिकाकाे स्वामित्व भित्र पर्ने मन्दिर निर्माण र संरक्षणका लागि वालिङ् नगरले विशेष भुमिका खेल्नुपर्ने स्थानीयकाे भनाइ रहेकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal