ट्रेन्डीङ्ग

अर्घाखाँची:बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र सुधार गदै खनाल

अनिल नेपाली अर्घाखाँची ३० जेष्ठ

अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र बल्कोटमा निमिक्त कार्यालय प्रमुख विष्णु खनाल भएसँगै तिब्र परिवर्तन भएको छ ।

निमिक्त प्रमुख खनाल आएदेखि प्राथमिक स्वास्थ्य केन्द्रले मुहार फेरेको छ । गत बर्ष कोरोनाको महामारीका कारणले बन्द भएको दैनिक ओपिडि सेबा स्वास्थ्य विमा कार्यक्रमलाई तदारुकताका साथ अगाडि बढाएको खनाले बताउछन् । खनालले यो कोरोना को माहामारी को समय मा पनि दैनिक ४० देखि ५० जना लाइ सेवा दिनु का साथै प्रयोगसाला इीसजी भिडियो एक्सरे आमा सुरक्षा परिवार नियोजन सुरक्षित गर्भपतन ईमरजन्सी स्वास्थ्य विमा कार्यक्रम सन्चालन स्वास्थ्य को मापदण्ड पालना गर्दै सन्चालन गर्दै आएका छन् । देख्दा सामान्य देखिने खनाल जनताको सेबामा विहान देखि साझ सम्म निकै व्यस्त रहेको देखिन्छ । आर्थिक अबस्था कमजोर भएका विरामीलाई पनि थोरै धेरै आफै आर्थिक सहयोग गरी उपचारको व्यबस्था मिलाउने गर्दछन् । खनालले विकट बस्तीमा सरकारले लागु गरेको स्वास्थ्य विमा कार्यक्रमले गर्दा उपचारमा निकै सहज भएको जनता लाभान्वित भएको बताउछन् ।

सामान्य परिबारमा जन्मिएर पनि जनताको सेबामा दिन रात नभई उपचारको व्यबस्था मिलाउने खनाल कसैलाई केही असहज हुदा पनि घरमै गई उपचारको व्यबस्था मिलाउने गर्दछन्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?