ट्रेन्डीङ्ग

कालोबजारी रोक्न छत्रदेबका बजारमा घरेलुको अनुगमन

अनिल नेपाल अर्घाखाँची ४ असार ।कोरोना महामारीको दोस्रो लहर सग देश जुधिरहेको बेला देशका अधिकाश जिल्लामा निषेधाज्ञा जारी छ । यो समयमा बजारमा हुने कालो बजारी तथा मूल्यवृद्धि नियन्त्रणको लागि घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले बजार अनुगमन लाई तिब्रता दिएको छ ।



स्थानीय सरकार , जिल्ला प्रशासन ,जिल्ला प्रहरी कर्यालय, लगायतको समन्वयमा अनुगमनलाई तिब्रता दिइएको छ । अनुगमनको क्रममा आज जिल्लाको छत्रदेब गाँउपालिकाका विभिन्न स्थानहरुमा अनुगमन गरिएको छ । गाँउपालिकाको वडा न २, ३ का बजारमा अनुगमन गरिएको हो । अनुगमन दैनिक उपभोग्य सामानहरुको बिक्रीवितरण गर्ने पसलहरुमा गरिएको अनुगमनका क्रममा मुल्यसुची नराखी सामानहरु बिक्रीवितरण गरेको यस्तै विभिन्न सामानहरु प्रयोग मिति समाप्त भै सकेको, उत्पादन मिति नै उल्लेख नभएको, मुल्यमा एकरुपता नरहेको पाइएको घरेलु तथा साना उद्योगका अधिकृत केशब सुनारले बताए ।

महामारिको समय तथा निशेधाज्ञाको समयमा सर्बसाधारण उपभोक्ता हरु नठगिउन भन्ने उदेश्यका साथ अनुगमन लाई तीव्रता दिएको सुनारले बताए । विभिन्न स्थानान गरिएको अनुगमनमा सुजि, चाउचाउ , भुजा ,चाउमिन , कुरमुरे चिचबल विस्कुट लागयतका विभिन्न सामानहरुको प्रयोग मितिनै समाप्त भै सकेको भेटिएकोले आफुहरुले ती सामान जफत गरी डिस्पोज गर्ने घरेलुुका सुचना अधिकृत लक्ष्मीप्रसाद दाहालले बताए ।


पहिलो चरणको अनुगमनको क्रममा भेटिएका कमि कमजोरीहरुलाइ फेरि पुन नदोहो¥याउने गरि छाडिएको र प्रयोग गर्न नमिल्ने त्यस्ता सामानहरु जफत गरिएको सुचना अधिकृत दाहालले बताए ।अनुगमनमा घरेलु तथा साना उधोगका प्रमुख अधिकृत केशब सुनार, घरेलु तथा साना उधोगका सूचना अधिकृत लक्ष्मिप्रसाद दाहाल , जिल्ला प्रशासन कर्यालयका प्रतिनिधि नारायण प्रसाद दमासे, पत्रकार अनिल नेपाली प्रहरी नायब निरिक्षक भेषराज सुबेदी लगायतको सहभागिता रहेको थियो । पछिल्लो केहिदिन यता जिल्लाका विभिन्न स्थान्हरुमा कार्यालयले अनुगमनलाई तिब्रता दिइएको छ । अनुगमनमा करिब ३५ हजार बराबरको समान जफत गरिएको पाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal