ट्रेन्डीङ्ग

खुमा अर्याल फाउन्डेसनद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

जेठ २३,स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका वडा न .२ मा रहेको धनुबासे स्वास्थ चौकीमा खुमा अर्याल फाउन्डेसनद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

सामाग्री हस्तान्तरण गर्दै खुमा अर्याल फाउन्डेसनका सरक्षक भेषराज अर्यालले स्याङ्जा जिल्लाभरका स्वास्थ चौकी,क्लब आमा समूह कारागार लगाएत विभिन्न संघसस्थामा सहयोग गरिरहेको उहाँको भनाइ थियो ।

वालिङ नगरपालिकाको यस २ न. वडामा सक्रमितको सङ्ख्या दिनप्रतिदिन बढिरहेको बेला स्वास्थ सामाग्रीको अभाव हुन नदिने गरि गरिएको सहयोग प्रती वडाबासिको तर्फबाट धन्यवाद व्यक्त गर्नुभएको थियो ।फाउन्डेसनको सहयोगमा १ हजार पिस मास्क,१० लिटर सेनिटाइजर,७ पिस पिपिइ,२ पिस अक्सोमिटर ,पन्जा लगाएतका सामाग्री वितरण गरिएको नेपाली काङ्ग्रेस क्षेत्र न २ का क्षेत्रीय सचिव दामोदर लम्सालले बताउनुभयो ।

कार्यक्रममा खिलुङ्कालिका एग्रो फर्मका प्रबन्धक शोभाकान्त ढकाल,वालिङ जेसिजका वर्ष २०२१का अध्यक्ष विस्वास लम्साल गल्याङ जेसिज वर्ष २०२१का अध्यक्ष गोपीकृष्ण रेग्मी लगाएतको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal