ट्रेन्डीङ्ग

वालिङ:एकै दिन १९ संक्रमित भेटिए,खानिडाडा टोल शिल

स्याङ्जा जेठ २१ ।
स्याङ्जाको वालिङ -१३ मा  एकै दिन १९ संक्रमित भेटीए पछी खानिडाडा टोललाइ  शिल गरिएको छ ।

कोभिड १९ को नया भेरियन्टको संक्रमण रोकथामका लागि स्याङ्जाको वालिङ -१३ खानिडाडा टोललाई शिल(बन्द) गरिएको हो ।हिजो २० गते २४ जनामा गरिएको परिक्षणमा १९ जनामा इन्टिजन बाट कोरोना पुष्टि भएको थियो ।

कोरोना भाईरसको दोस्रो लहर फैलिन नदिन कोभिड १९ को नया भिरिएण्ट फैलिन नदिन तथा यसको रोकथाम नियन्त्रण उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन उच्च जोखिम न्यूनीकरण गर्नका लागि विपद समितिको बैठकले खानिडाडा क्षेत्रलाई जेठ २१ देखि अर्को सुचना नआउदा सम्मका लागि पुर्ण रूपमा  सिल ( बन्द ) गरिएको वडाध्यक्ष आनन्द पाठकद्वारा हस्ताक्षरीत वक्तव्यद्धारा जानकारी दिइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?