ट्रेन्डीङ्ग

पश्चिम नवलपरासीमा १०५ जना कोरोना संक्रमण मुक्त,३६ जना संक्रमित थपिए

जेठ २० परासी । पश्चिम नवलपरासीमा आज १०५ जना कोरोना संक्रमित निको भएका छन् । यो संगै जिल्लामा कोरोनाबाट निकोको संख्या २ हजार ९ सय ६६ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै जिल्लामा ३६ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको सुनवलका १३ जना , रामग्रामका ८, बर्दघाटका ९, सुस्ता र प्रतातपुरका १/१ र सरावलका ४ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा ४ हजार २ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ भने संक्रिय संक्रमितको संख्या भने १ हजार १ सय ३० रहेको छ ।

यस्तै बर्दघाट २ कि ६५ बर्षिय १ महिलाको चिसापानी आइसोलेसन र सुनवल ९ का ३५ बर्षियको पृथ्वी चन्द्र अस्पतालमा निधन भए सगै आज थप २ जनाले ज्यान गुमाएका छन् । हालसम्म १३७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य कार्यलय पश्चिमनवलपरासीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal