ट्रेन्डीङ्ग

गल्याङ वडा नम्बर ११ मा ३७ जनामा परिक्षण ३२ नेगेटिभ,५ पोजिटिभ

जेठ २० गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ११ मा कोरोना भाइरस (कोभिड १९) को परिक्षण गर्ने क्रममा पाँच जना मात्रै पोजिटिभ देखिएको छ ।

गल्याङ नगरपालिका ११ नम्बर वडा कार्यालय तुलसीभञ्ज्याङमा स्थानीयवासीहरुका लागि गरिएको परिक्षणमा पाँच जनामा नतिजा पोजिटिभ आएको हो ।

गल्याङ नगरपालिकाका गाउँ तथा टोलमा पुगेर परिक्षण गर्ने क्रममा विहीबार तुलसीभञ्ज्याङका स्थानीयवासीका लागि परिक्षण गरिएको गल्याङ नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
स्वास्थ्य शाखा संयोजक गुनेन्द्र राना, गल्याङ नगर अस्पतालका चिकित्सक निरञ्जन चौधरी सहितको टोलीले एण्टिजिन परिक्षण गरेको थियो ।

गल्याङ नगरपालिका वडा नम्बर ११ का अध्यक्ष शंकरदेब अधिकारी तथा वडा सदस्य गोपाल भण्डारीले घर घर पुगेर निशुल्क परिक्षण गर्ने कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभएको थियो ।
वडा सदस्य भण्डारीले इच्छुकहरुलाई निशुल्क परिक्षण गरिएको बताउनुभयो ।

गल्याङ नगरपालिकामा अहिले कोरोनाको संक्रमण कमी भएको स्वाथ्य शाखा संयोजक गुनेन्द्र रानाले जानकारी दिनुभयो । संक्रमणको दर कमी भए पनि साबधानी अपनाउन र स्वास्थ्य मापदण्डको पालना गर्न भने छोड्न नहुने उहाँले बताउनुभयो ।

कोरोनाको नयाँ नयाँ भेरियण्ट आउने क्रम चलिरहेको र सुस्त गतिमा भए पनि संक्रमण फैलने क्रम रहेकाले अझै पनि उच्च साबधानी अपनाउनुपर्ने रानाको भनाई छ ।

यसअघि गल्याङ नगरपालिकाले विरामीको संख्या बढेको भन्दै गल्याङ नगरपालिकाको वडा नम्बर ११ गिनचौरमा पुगेर एण्टिजिन परिक्षण गरेको थियो । सो क्रममा ६१ जनाको एण्टिजिन परिक्षण गरिएकोमा एक जनामा मात्र नतिजा पोजिटिभ देखिएको थियो । यस्तै गल्याङबजारमा ३७ जनामा गरिएको परिक्षणका क्रममा एक जनामा मात्रै नतिजा पोजिटिभ आएको थियो ।

आवश्यकताको आधारमा अन्य ठाउँहरुमा पनि पुगेर परिक्षण गर्ने गल्याङ नगरपालिकाले आग्रह गरेको छ । महामारी नियन्त्रणका लागि परिक्षण गर्नुपर्ने भएकाले नगरपालिकाले तोकेका ठाउँहरुमा निशुल्क परिक्षण गराई सहयोग गर्न नगरपालिकाले आह्वान गरेको छ ।

गल्याङ नगरपालिकाले पोजिटिभ देखिएकाहरुलाई औषधी उपचारको व्यवस्था र गम्भिर विरामीका लागि अस्पताल ल्याउने व्यवस्था पनि मिलाएको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal