ट्रेन्डीङ्ग

जमिन खण्डिकरणको लागी अनुमति दिने नगर प्रमुखलाई विप्लव नेकपाको चेतावनि

जेठ १९,चितवन । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माडी नगर समितिले माडी नगरपालिकाको नगरसभाबाट भएको निर्णय विपरित माडी नगरपालिका मेयर ठाकुर प्रसाद ढकाल र केहि वडा अध्यक्षहरुले भु माफिया संगको मिलोमतोमा १३१ कित्ता कृषि योग्य जमिन खण्डिकरणका लागी रकम मागेको र पुरानो मितीमा कर्मचारीहरुलाई हस्ताक्षर गर्न दवाव दिएको विषय प्रति आफ्नो पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

नेकपा माडी नगर समितिका ईन्चार्ज रमाले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ” माडी नगरपालिका भित्र खेतियोग्य जमिन खण्डिकरण गर्न नदिने नगरपालिकाको नगरसभाबाट भएको निर्णय विपरित हाल १३१ कित्ता जमिन खण्डिकरण गर्न मेयर ठाकुर प्रसाद ढकालले पुरानो मितीमा कर्मचारीहरुलाई हस्ताक्षर गर्न दवाव दिएको र हस्ताक्षर गर्न नमान्ने कर्मचारीहरुलाई जिम्मेवारीबाट हटाएको र खेलेयाम रुपमा केही वडाअध्यक्ष र स्वंम मेयरले भु माफिया संंग रकम मागेको साथै विभिन्न ठाउँमा परिचालन गर्नु भनेको विषय गर्वसाथ सुनाउँदै हिडको प्रमाण फेला परेको छ। यस्तो विषयले हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ।”

साथै नेकपाले उक्त विज्ञप्ति मार्फत सयौं कित्ता कृषि योग्य जमिन खण्डिकरण गर्ने निर्णयमा पुरानो मितीमा कार्मचारीलाई हस्ताक्षर गर्न दिएको दवाव तत्काल रोक्न, उक्त विषयसंग सम्बन्धित भएका विगतका गल्ति कमिकमजोरी, चलखेल गरीएको रकम पारदर्शि गरी सार्वजनिक रुपमा माफि माग्नु पर्ने, नापी कार्यालय, मालपोत कार्यालय र नगरपालिका भित्रका केहि निश्चित दलालहरुको अनैतिक भ्रष्ट्र गतिविधि तत्काल रोक्न र तिनिहरुलाई कारबाही गर्न र चलखेल गरेको रकम माडी क्याम्पस तथा सार्वजनिक संस्थामा तत्काल हास्तान्तरण गर्न माग गरेको छ। अन्यथा पार्टीले नगरपालिका र मेयरको अनैतिक र भ्रष्ट्र कदमको ससक्त प्रतिरोध गर्ने चेतावनि समेत दिएको छ। विज्ञप्ति:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal