ट्रेन्डीङ्ग

स्व.पत्रकार हिक्मत चौधरीको परिवारलाई पत्रकार महासंघ केन्द्रिय समितिद्वारा आर्थिक सहयोग

जेठ १९ बुटवल । नेपाल पत्रकार महासंघ केन्द्रिय कमिटिले पठाएको रकम स्वर्गीय पत्रकार हिक्मत चौधरीको परिवारलाई प्रदान गरेको छ ।

कोरोना संक्रमणका कारण उपचाररत चौधरीको यहि जेठको ५ गते बुटवलको कारोना अस्पतालमा मृत्यु भएको थियो । स्व. पत्रकार चौधरीको रुपन्देहीको तिलोत्तमा-५ मणिग्राम स्थित निवासमा पुुगेर नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका टोलीले सात्ववना दिदै काजकिरियाका लागि ३० हजार रुपैयाँ हस्तातरण गरेको हो । यसअघि नेपाल पत्रकार महासंघ रुपन्देहीले हालै स्थापना गरेको ‘पत्रकार कोरोना तथा आपतकालिन कोष’बाट नगद रु २५ हजार १ सय पनि प्रदान गरिएको थियो।

केन्द्रिय समितिले पठाएको उक्त सहयोग रकम महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले स्वर्गीय चौधरीकी श्रीमती उदयदेवी चौधरीलाई हस्तान्तरण गर्नुभएको हो ।
केन्द्रिय समितिका अध्यक्ष बिपुल पोखरेलले संदेश पठाउदै सो घटनाप्रति दुख समेत ब्यक्त गर्नुभयो। उहाले यो महामारीमा पत्रकार महासंघ रुपन्देहीबाट उपचारमा सक्दो कोसिश भएपनि बचाउन नसकेकोमा दुख ब्यक्त गर्दै परिवारजनमा हार्दिक समबेदना प्रकट गर्नुभएको छ। साथै उहाले कोभिडका कारण काठमाडौँमा उपचाररत बरिष्ठ पत्रकार मदनलाल पौडेलको शिघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभएको छ।

सहयोग हस्तान्तरणमा अध्यक्ष रामराज पोख्रेल, कोशाध्यक्ष संजय सौगात, कार्यसमिति सदस्य मोहन न्यौपाने, केन्द्रिय पार्सद दिवाकर पन्थीको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?