ट्रेन्डीङ्ग

अर्घाखाँचीमा ट्याक्टर दुर्घटना ४ मजदुर घाइते

जेठ १७ अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा नगरपालिकामा आज भएको ट्याक्टर दुर्घटनामा ४ जना घाइते भएका छन् ।

कपिलबस्तुबाट शितगंगाको सिद्धारामा विद्युत बिस्तारकोलागि तार लिएर जादै गरेको लु४त ५४१२ नम्वरको ट्याक्टर गोरुसिंगे सन्धिखर्क सडकको शितगंगा नगरपालिका १२ तारिकेमा दुर्घटना भएको इलाका प्रहरी कार्यलय ठाडाका प्रहरी निरिक्षक सन्दिप वेल्वासेले बताउनु भयो ।

ब्रेक फेल भएर भएको ट्याक्टर दुर्घटनामा विद्युत विस्तारमा काम गर्ने ४ जना मजदुर घाइते भएको र घाइते चारै जनालाई उपचारका लागि प्रादेशिक अस्पतला बुटबल पठाइएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक माधब बुढाथोकीले जानकारी दिनु भयो । ट्याक्टरमा ७ जना सवार रहेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?