ट्रेन्डीङ्ग

अर्घाखाँचीमा एकैदिन १२६ जना संक्रमण मुक्त

जेठ १७ अर्घाखाँची ।अर्घाखाँचीमा एकैदिन १२६ जना कोरोना संक्रमित निको भएका छन् ।

जिल्ला प्रशासन मकार्यालयका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाभर २४ जना कोरोना संक्रमित थपिदा १२६ जना निको भएका छन् भने १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भुमिकास्थान नगरपालिकाका रहेका छन् ।

आज कोरोना निको भएर घर फर्कनेमा सन्धिखर्क नगरपालिकाका ५५, भूमिकास्थान नगरपालिकाका १५, शितगंगा नगरपालिकाका ७ र मलारानी गाउँपालिकाका ८, पाणिनी गाउँपालिकाका ७, छात्रदेव गाउँपालिकाका ३४ जना रहेका छन् ।

अब अर्घाखाँचीमा सक्रिय संक्रमितको संख्या ४४९ रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?