ट्रेन्डीङ्ग

अर्घाखाँचीमा ७४ जना संक्रमण मुक्त

अर्घाखाँची । अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ७४ जनाले कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन । ।

पछिल्लो २४ घण्टामा जिल्लाको सन्धिखर्क नगरपालीकाबाट २६ जना, भुमिकास्थान नगरपालीकाबाट २१ जना,शितगंगा नगरपालीकाबाट ११ जना,मालारानी गाउँपालीकाबाट ८ जना,पाणिनी गाउँपालीकाबाट ३ जना र छत्रदेव गाउँपालीकाबाट ५ जना गरी ७४ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन । यससंगै जिल्लामा हालसम्म १४ सय ३५ जनाले कोरोनालाई जितेका छन ।

यस्तै आईतवार थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा २ जना, भुमिकास्थान नगरपालीकामा ३ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या २ हजार ४० पुगेको छ ।

अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा ५५२ जना सक्रिय संक्रमित आईसोलेशनमा रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा १९२ जना, भुमिकास्थान नगरपालीमा ११०, शितगंगा नगरपालीकामा ९३ जना, मालारानि गाउँपालीकामा ४४ जना, पाणिनि गाउँपालीकामा २३ जना र छत्रदेव गाउँपालीकामा ९० जना सक्रिय संक्रमित रहेका छन । यस्तै संक्रमणका कारण हालसम्म ५३ जनाको ज्यान भने गएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal