ट्रेन्डीङ्ग

कञ्चनपुरको भित्तामा”बेरोजगार युवाहरुलाइ ५% ब्याजदरमा सहुलियत ॠण होइन स्वदेशमै रोजगारको ग्यारेन्टी गर”

कञ्चनपुर संवाददाता । कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वार्ड न.०८ स्थिति भित्तामा बेरोजगार युवाहरुलाइ ५% ब्याजदरमा सहुलियत ॠण होइन स्वदेशमै रोजगारको ग्यारेन्टी गर “लेखिएको छ ।

उक्त भित्ते लेखन विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीको युवा संगठनका नेता युवा दिपेन्द्र ऐरी र राकेश चन्द लगायतका युवाहरुको उपस्थितिमा लेखन कार्य भएको युवा संगठन नेपाल कञ्चनपुर अध्यक्ष बिरेन्द्र जोसीले बताए।

हिजो मात्रै सरकारले स्नातक पास गरेका युवालाई ५ % शैक्षिक कर्जा दिने सरकारले घोषणा गरेको थियो ।सरकारले युवालाइ स्वदेशमै रोजगारको वातावरण बनाओस भन्दै सुझाव स्वरुप उक्त नारा लेखिएको युवा संगठन नेपाल कञ्चनपुर अध्यक्ष बिरेन्द्र जोसीले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?