ट्रेन्डीङ्ग

अखिल (क्रान्तिकारी)द्वारा जाजरकोटका गाउमा जनस्वास्थ्य कार्यक्रमलाई निरंतरता दिदै

जाजरकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले जाजरकोटका गाउँ स्वास्थ्य सामाग्री वितरण अभियानलाई निरंतरता दिएको छ ।

आज भेरी नगरपालिकाको रुपाकोटमा र मिथ्याङ्रमा सर्वसाधारणको स्वास्थ्य परिक्षण सहित माक्स, औषधी बितरण सँगै जनचेतना फैलाएको अखिल (क्रान्तिकारी) जिल्ला संगठन समिति जाजरकोटका उपाध्यक्ष दिपेन्द्र सिंहले बताए । प्रत्यक्ष रुपमा जनताको घरमा पुगि स्वास्थ्य परिक्षण सहित माक्स, औषधी बितरण गर्दा जनताहरु हर्सित भएको उपाध्यक्ष सिंहको भनाइ छ । करिब ७० घरधुरी रहेको रुपाकोट र करिब ९० घरधुरी रहेको मिथ्याङ्रमा स्वास्थ्य परिक्षण सहित माक्स, औषधी बितरण गरेको उनले जानकारी दिए ।

उनले भने, ‘अहिले कोरोना भाइरसको दोस्रो लहरले नेपाली समाजलाई प्रत्यक्ष रुपमा आतंकित बनाई आम जनसमुदायहरुलाई थिलोथिलो पारिराखेको छ । आम जनताको आधारभुत आवश्यकता र प्रतिनिधित्व गर्ने सरकार जनता प्रतिको उतरदायित्वबाट पन्छिदै गैरजिम्मेवारपन देखाएर सरकारले नै स्वास्थ्य क्षेत्रलाई कमाइखाने भाडोको रूपमा प्रयोग गरिरहेको अवस्था छ । तर हामी जहाँ जनतालाई अपठ्यारो पर्छ त्यहीँ हुनेछौँ, र जनताको सुख दुखमा लागि रहेका छौ ।’

अभियनमा अखिल (क्रान्तिकारी) जाजरकोटका अध्यक्ष बिराजन शाही, सोही संगठनका उपाध्यक्ष दिपेन्द्र सिंह, संगठनका सरस्वती माविका ईकाई कमिटी उपाध्यक्ष अर्जुन शाही निरन्तर रुपमा खटिरहेका छन् । जहाँ अफ्ठ्यारो पर्छ जानकारी पाए अथवा जानकारी गराए आफुहरु तुरुन्तै पुग्ने अखिल अखिल (क्रान्तिकारी) जाजरकोटका जिल्ला अध्यक्ष विराजन शाहीले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?