ट्रेन्डीङ्ग

माछापुच्छ्रे कोभिड अस्पताललाइ नमस्ते किड्सको स्वास्थ्य सामाग्री सहयोग

जेठ १३ कास्की

नमस्ते किड्स नेपालले कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा न -६ भेडाबारिमा स्थित भेडाबारी प्राथमिक उपचार केन्द्र अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ।

सस्थाले अस्पतालमा रहेका बिमारीलाई कोरोना महामारीबाट बच्न र कोरोना सङ्क्रमित बिरामीको उपचारमा कोभिड अस्पतालबाट नियमित सेवा प्रवाह गर्न र अस्पताललाई आवश्यक पर्ने माक्स, स्यानिटाइजर, पल्स अक्सिमिटर, स्प्रे मेसिन, क्लोरिन सोलुसन, पि.पि.इ, फेस शिल्ड, सर्जिकल ग्लोब्स, डेटोल ह्यान्ड वास , अक्सिजन फ्लोमिटर, साबुन लगायतका स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको हो।

उक्त सस्थाका अध्यक्ष युवा समाजसेवी सगुन गुरुङले सस्थाले गाउपालिका सङ्ग सहकार्य गरि आवस्यक परेको खण्डमा थप सहयोग गर्ने बताउनु भयो । साथै माछापुच्छ्रे गाउँपालिकाका प्रमुख कर्ण बहादुर गुरुङले सस्थालाइ धन्यवाद प्रकट गर्दै निकट भविस्यमा अझै सहकार्य गरि अगाडि बढ्ने बताउनु भयो।

कार्यक्रममा सस्थाको तर्फबाट नमस्ते किड्स नेपालका अध्यक्ष सगुन गुरुङ, उपाध्यक्ष अनिल कुमार श्रेष्ठ, प्रोजेक्ट म्यानेजर सन्तोष मिजार, नमस्ते किड्स गोर्खा गण्डकी गाउँपालिका संयोजक तथा सस्थाका सल्लाहकार रामबाबु गुरुङ र सवारी चालक सन्त बहादुर गुरुङको उपस्तिथि रहेको थियो।

साथै सस्थाले माछापुच्छ्रे-३ घाचोकमा स्थित घाचोक प्रहरी चौकीमा पनि ५०० थान र घाचोक स्वास्थ्य चौकीलाई १०० थान सर्जिकल माक्स उपलब्ध गराएको थियो। स्मरण रहोस नमस्ते किड्सले माछापुच्छ्रेका २२ जना अनाथ तथा विपन्न बालबालिका तथा घाचोक स्वास्थ्य चौकीलाई निरन्तर सहयोग गर्दै आइरहेको छ।

सस्थाले यस अधि गरिब,दलित, अनाथ, असहाय तथा बिपन्न बालबालिकाहरुको शिक्षा, स्वास्थ्य तथा खेलकुदमा निरन्तर सहयोग गर्दै आइरहेको अध्यक्ष गुरुङले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?