ट्रेन्डीङ्ग

ब्रह्मदेवका डा.नरिराम लुहार(बिनोद)द्वारा स्वास्थ्य सामाग्री वितरण

कञ्चनपुर संवाददाता । भीमदत्त नगरपालिका ९ ब्रह्मदेव स्थित डाक्टर नरिराम लुहारले ब्रह्मदेव क्षेत्रका सुरक्षाकर्मीलाई व्यक्तिगत खर्चमा १५ हजार मास्क तथा ६० लिटर सेनिटाइजर सहयोग गरेका हुन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रभावलाई मध्यनजर गरेर डाक्टर लुहारले सहयोग स्वरुप सुरक्षाकर्मीलाई मास्क तथा सेनिटाइजर सहयोग गरेको बताए ।उनका अनुसार ब्रह्मदेव क्षेत्रको खल्ला मछेट्टीमा अवस्थित सशस्त्र प्रहरी वल खल्ला, शसस्त्र प्रहरी वल ब्रह्मदेव, ब्रह्मदेव सिमा प्रहरी चौकी ब्रह्मदेव, नगर स्वास्थ्य चौकी ब्रह्मदेव र वडा कार्यालय ब्रह्मदेव गरेर पाँच ठाउँमा मास्क र सेनिटाइजर सहयोग गरिएको छ।

स्वास्थ्य समाग्रि हस्तान्तरण कार्यक्रमम डा.बिनोद की श्रीमती दुर्गा देवि लुहार , छोरा जिवन र भीमदत्त नगरपालिका ९ ब्रह्मदेवका वडाअध्यक्ष राम नाथ को पनि सहभागिता रहेको डा.बिनोदका छोरा जिवन लुहारले बताएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?