ट्रेन्डीङ्ग

कोभिड नियन्त्रणमा कुनै कमि हुन दिन्नौ:रायमाझी

अर्घाखाँची / जेठ १५

पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले कोभिड नियन्त्रण र रोकथामको निम्ति सरकारले संपूर्ण संयन्त्र परिचालन गरेको बताउनुभएको छ ।


जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै उहाँले विश्वमानव समुदायको निम्ति चुनौतीको रुपमा रहेको कोरोना भाईरसले पछिल्लो समय नेपाललाई समेत नराम्रो सँग प्रभावित पारेको भन्दै यसको नियन्त्रण र रोकथामको निम्ति कुनै कसर बाँकी नराख्ने बताउनुभयो । केही समय पहिले देशका प्रमुख अस्पतालमा बेड,आई.सि.यु.भेन्टिलेटर र अक्सिजनको समस्या देखिएको भएपनि अहिले सरकारले सबै तयारी पूरा गरेको उहाँको भनाइ थियो । रायमाझीले कोरोना भाईरस नियन्त्रण र रोकथामको निम्ति खोप लगाउनु अनिवार्य भएको भन्दै ,केही महिना भित्रमा सबै नेपाली जनतालाई खोप लगाउने गरि विभिन्न मुलुकहरू सँगको वार्ता र संवादलाई तिब्र पारिएको बताउनु भयो ।

उहाँले कोभिड संक्रमण बाट जिल्लाबासी लाई बचाउनु आफ्नो दायित्व भएको भन्दै कोभिडका कारण आफु थलापरी काठमाडौको अस्पताल भर्णा भएको समयमा पनि जिल्ला अस्पतालमा अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामाग्री पठाएको बताउनुभयो । रायमाझीले जिल्ला अस्पतालमा कुनै कुराको कमिहुन नदिनेगरी काम भैरहेको भन्दै, अक्सिजन प्लान्टको काम अगाडि बढ्नुका साथै अब आफ्नो ध्यान बिशेषज्ञ सेवा तर्फ केन्द्रीत भएको बताउनुभयो ।


एक फरक प्रसंगमा नेकपा एमाले स्थायी कमिटीका सदस्य समेत रहनुभएका रायमाझीले सरकारले तोकेको समयमै चुनाव सम्पन्न हुने बताउनु भएको छ।उहाँले चुनाव अघि नै जनतालाई कोरोना बिरुद्धको खोप लगाई सक्ने भन्दै चुनाव हुनेकुरामा ढुम्क हुन जिल्ला बासीलाइ आग्रह गर्नुभयो । उहाँले वर्तमान केपी ओली नेतृत्वको सरकारले नै चुनाव सम्पन्न गर्ने भन्दै दुबिधामा पर्नुपर्ने कुनै कारण नै नभएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले कोरोना भाईरस नियन्त्रणको निम्ति सबै पक्षको सहयोग अपरिहार्य रहेको बताउनु भयो ।
रायमाझीले १७ वटा अक्सिजन सिलिन्डर लगायत जिल्लामा अत्यावश्यक विभिन्न किसिमका स्वास्थ्य सामग्री प्रमुख जिल्ला अधिकारी पौडेललाई हस्तान्तरण गर्नुभएको छ । यश अघि पनि उहाँले १८ वटा अक्सिजन सिलिन्डर लगायतका सामाग्री पठाई सक्नुभएको थियो ।

कार्यक्रममा नेकपा एमालेका युवा नेता लिला जि.सी.,स्वास्थ्य बिभागका उपसचिव महेश पाण्डे ,अस्पताल बिकास समितिका अध्यक्ष श्रीकृष्ण भुसाल ,युवासंघका केन्द्रीय सचिव गोविन्द भुसाल ,पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल लगायत सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?