ट्रेन्डीङ्ग

घुडा दुखाइको समस्यामा समाधानका लागि डा.गैह्रेका टिप्स(भिडियो सहित)

नवलपरासी ।

घुडा दुख्नु भनेको सामान्य समस्या नै भई सकेको छ । जो कोहीलाई पनि दुख्छ यो समस्याबाट धेरैजना ग्रसित छन् । यी समस्याबाट छुट्कारा पाउँन कतिले डाक्टरले दिएको औषधी देखी लिएर आयुवेर्दिक औषधी सम्म प्रयोग गर्दा नी यो समस्याबाट कति मानिसहरु छुट्कारा पाउँन सक्दैन । समस्या भए पछि त्यहाँ उपायहरु पनि हुन्छन् । केही यस्ता उपायहरु छन् जस्ले तपाइलाई घुडा दुख्ने समस्याबाट छुटकारा दिलाउन मदत गर्नेछ ।

घुडा दुखाईमा ध्यान दिनुपर्ने डा.यन्जन गैह्रेका टिप्सहरु:

•नियमित व्यायाम गर्ने बानी बसालौं जस्तैः-जोर्नीहरू चलाउने , सामान्य हिडाई आदि ।

•टुक्रुक्क हथवा पलेटी मारेर नबस्ने ।

•मनतातो तोरीको तेलमा ३-४ थोपा ( Pain Relief Oil ) दखाई कम गर्ने तेल मिसाएर बिहान र बेलुकी हलुका मसाज गर्ने ।

• तौल घटाउने वा नियन्त्रण गर्ने ।

• तातो पानीको व्याग ( Hot Water Bag ) ले सेक्ने तर सुनिएको छ भने Ice ले २-३ मिनेट सम्म हलुका मसाज गर्ने ।

•भऱ्याङ्ग वा सिडी धेरै पल्ट तल माथि नगर्ने ।

व्यायाम गर्ने तरिकाहरु:

• भित्तामा अढेस लगाएर खुटा लामो गरेर बस्ने , तिघ्राको मासु कस्न – १० गन्ने र १० पटक गर्ने ।

•घुडा मुनि रूमाल राखेर थिच्ने , कुर्कुचालाई उठाउने-१० गन्ने र १० पटक गर्ने ।

•ढाड सिधा गरी कर्सीमा अढेस लगाएर वस्ने , पालै पालो खुटा सिधा माथि उठाउने १० गन्ने र १० पटक गर्ने ।

• दुवै घुडाको बीच रूमाल रास्केर च्याप्ने  १० गन्ने र १० पटक गर्ने ।

•खुटा सिधा तन्काएर बस्ने , दुवै हातले खुटाको औंला छुने कोसिस गर्ने १० गन्ने र १० पटक गर्ने ।

(डा. यन्जन गैह्रे हिमालयन योग तथा प्राकृतिक अस्पताल र काठमाडौँ नेचुरोपेथी अस्पतालका निर्देशक हुनुका साथै योग तथा प्राकृतिक चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष हुन् ।)भिडियो:
https://youtu.be/QtcixIDYS3U

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal