ट्रेन्डीङ्ग

यो गणतन्त्रलाई कुन दर्जा दिने:राकेश चन्द

लौ गणतन्त्र स्थापना भयो
हामि वास्तवमै खुसी थियो
अव त सुखको साहस फेर्न
सकिन्छ भनेर आम नेपालिले अधिकार

बञ्चित हुन्नन भनेर तर त्यो नभई
ठिक उल्टो भयो
गणतन्त्र स्थापना गर्नेहरु नै
गणतन्त्र बिर‍ोधीहरु कै

दास बनेपछि यहाँ
लुटतन्त्र हावि भयो
फेरि
यहा बलत्कार गरे छुट
भ्रष्टाचार गरे छुट
तस्कर गरे छुट
कालोबजारिमा छुट
नदिनाला परराष्ट्रमा बेचे छुट
राष्ट्रघाति सम्झौता गर्दा छुट
प्राकृति स्रोतसाधन दोहन गरे छुट
कमिसन खानेलाई छुट
हरेक काण्डहरुको पोको,
यो सत्तामै छन उसलाई पनि छुट
नागरिकता बेच्नेलाई छुट
स्वास्थकर्मि कुट्नेलाई छुट
उत्तेजनमा हुनु स्वाभाविक भन्ने,
राष्ट्रप्रमुख लाई नै छुट
जनताको मत कदर नगर्नेलाई छुट

अनि यो गणतन्त्र हो या
लुटतन्त्र तपाईहरु
गणतन्त्रका प्रमुख उपप्रमुखहरु
स्वयम वताईदिनु
यस्लाई गणतन्त्रको दर्जा दिने
या लुटतन्त्रको
तपाईहरु स्वयम भन्नुस
महोदय आफै भन्नुस
कुन दर्जा दिने?? ✍️राकेश चन्द

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?