ट्रेन्डीङ्ग

युवा संगठन नेपाल र कोरोना बिशेष अस्पताल बेलझुण्डी बिच छलफल

हेमन्त प्रकाश वलि जेष्ठ-१४,दाङ।

नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल,दाङले कोरोना बिशेष अस्पताल बेल्झुन्डीमा पुगि छलफल गरेको छ।

युवा संगठन नेपालका केन्द्रिय सदस्य तथा पार्टीका दाङ जिल्ला कार्यालय सदस्य तिलक योगिको नेतृत्वमा गएको टोलिले कोरोना बिशेष अस्पतालमा अहिलेसम्मको कामकाज,बिरामीको अबस्था र व्यवस्थापनको बिसयमा महत्वपूर्ण छलफल गरेको हो। छलफलमा कोरोना व्यवस्थापनमा परेका अप्ठ्यारा,व्यवस्थापनको बिसयमा जनताको टिकाटिप्पणी,पार्टी संगठनको तर्फबाट सहयोग,सहकार्यको बिसयमा महत्वपुर्ण छलफल भएको युवा संगठन नेपालका केन्द्रिय सदस्य बिरेन्द्र बिकले जानकारी दिए। छलफलमा पार्टीका जिल्ला कमिटी सदस्य द्वोय मदन र मनोजको सहभागिता रहेको थियो। छलफलमा अस्पताल व्यवस्थापन समिती अध्यक्ष पदम प्रसाद न्यौपाने,व्यवस्थापक दोर्ण वलि र मेडिकल सुपरिटेन्डेन्ट डा.बिनोद सिंहले अस्पतालको व्यवस्थापन,कोरोना नियन्त्रणमा खट्ने नर्स,डाक्टर,कर्मचारीको अबस्था ,उपलब्ध स्रोत,साधन,सरोकारवालाको सहयोगको बारेमा जानकारी गराएका थिए।

अस्पतालका व्यवस्थापक दोर्ण वलिले अस्पताललाइ सरोकारवाला,मिडियाको सहयोग प्राप्त भएको बताए।उनले सामाजिक संजालमा अस्पताल पार्टीगत अस्पताल हो भनेर केही मान्छेहरुले भ्रम दिने गरेको प्रती दुख व्यक्त गरेका छन।

यस्तै युवा संगठन नेपालका केन्द्रिय सदस्य तथा पार्टीका दाङ जिल्ला कार्यालय सदस्य तिलक योगिले अस्पताललाई पार्टी संगठनको तर्फबाट जनतासंग सहकार्य गर्दै सबै प्रकारका सहयोग,सहकार्यको लागि पार्टी प्रतिबद्ध रहेको जानकारी गराएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?