ट्रेन्डीङ्ग

पश्चिम नवलपरासीमा जेठ २२ गते सम्म निषेधाज्ञा निरन्तरता

परासी । पश्चिम नवलपरासीको निषेधाज्ञा जेठ २२ गते सम्मलाई बढाइएको छ । बैशाख २१ गतेबाट सुरु भएको निषेधाज्ञा तेस्रोपटक थप गरि २२ गते सम्मलाइ बढाइएको जिल्ला प्रशासन कार्यलयले जनाएको छ।

निषेधाज्ञा जारी गरिएको समय अबधिमा अति–आवश्यक बाहेक अन्य सेवाहरु सबै बन्द रहने छन् । निषेधाज्ञा अवधिभर औषधी उपचार तथा अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्कने र अत्यावश्यक कामका लागि निस्कनै पर्दा जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने बताइएको छ । त्यस्तै सवै प्रकारका गोष्ठी, तालिम, सभा, सम्मेलन, सेमिनार गर्न मानिसहरु जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न, जात्रा महोत्सव गर्न तथा कुनै पनि प्रकारको खेलकुद संचालन गर्न निषेध गरिएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

विद्यालय, शिक्षालय, तालिम केन्द्र, सिनेमा हल, पार्र्टी प्यालेस, होटल, रेष्टुरेन्ट, नांचघर, क्लव, फुटसल, जिमखाना, व्युटी पार्लर, शैलुन, सुनचाँदी पसल, टेलरिङ्ग, फुटपाथ पसलहरु लगायतका सेवा एवं स्थलहरु नखोल्ने तथा संचालन नगर्ने बताइएको छ । मठ मन्दिरहरु तथा विभिन्न धार्मिक स्थलहरुमा परम्परागत रुपमा गरिने नित्य पुजा वाहेक अन्य सम्पूर्ण धार्मिक सांस्कृतिक गतिविधीहरु बन्द गर्ने । मृत्यु संस्कारमा १५ जना भन्दा बढी सहभागी हुन नपाइने । त्यस्तै एम्बुलेन्स, दमकल, शववाहन, अत्यावश्यक खाद्य सामग्री तथा पशुपंक्षीका दाना, दूध, फलफूल, तरकारी, माछा, मासु, पानी, ग्यांस, पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोकेका सवारी साधनहरु, औद्योगिक कच्चा पदार्थ बोकेका सवारी साधनहरु, चिकित्सक तथा स्वास्थकर्मीहरुले ड्युटी जान आउन प्रयोग गर्ने सवारी साधनहरु, औषधी तथा स्वास्थ सामग्री बोकेका सवारी साधनहरु, क्वारेन्टिन तथा आइसोलेसनमा बिरामीको उपचारमा खटिएका सवारीसाधन, अत्यावश्यक सेवाका सवारी साधन, प्रेस पास तथा परिचयपत्र वाहक संचारकर्मीहरुले प्रयोग गरेका सवारी साधनहरु सञ्चालन गर्न पाउने बताइएको छ ।

त्यस्तै जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा अबज्ञा गरे संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal