ट्रेन्डीङ्ग

विप्लव नेकपाद्वारा चितवनका प्रहरी चौकीमा स्वास्थ्य सामग्री हस्तान्तरण

चितवन संवाददाता  ।नेपाल कम्युनिस्ट पार्टी चितवनले वडा प्रहरी कार्यलय नारायणगढ र ईलाका प्रहरी कार्यलय फुलवारिमा स्वास्थ समाग्रि हस्तान्तरण गरेको छ आज बिहान चितवनको दुई प्रहरी चौकीमा उक्त सामाग्री हस्तान्तरण गरेको हो ।

वडा प्रहरी कार्यलय नारायणगढ र ईलाका प्रहरी कार्यलय फुलबारी माढ नेकपाले स्वास्थ सामग्री वितरण गरेको हो ।वडा प्रहरी कार्यलययका कार्यालय प्रमुख रघु सिंह विष्ट र ईलाका प्रहरी कार्यलय फुलवारिका प्रमुख देवराज पाैडेलले उक्त सामग्री वुझ्नु भएकाे थियाे ।

उक्त हस्तान्तरण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा चितवन जिल्ला इन्चार्ज क. सन्देश ,पुर्व सेक्रेटरी क.धुर्व खड्का , अखिल(क्रान्तिकारी )का केन्द्रिय उपाध्यक्ष क. रुद्र भट्टराई र पार्टीका जिल्ला सदस्य क.माेहनराज काफ्लेको उपस्थिति रहेको थियाे ।

हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला इन्चार्ज क.संदेशले महामारीमा अग्रमोर्चामा रहेर काम गरिरहेका सुरक्षा कर्मिलाइ उच्च मनाेवल वढाउन अपिल गर्नु भयाे ।

समाग्रि उपलव्ध गराउन सहयाेग पुर्याउने हाल अमेरिका रहनु भएका माधव पाैडेल ,श्वता थापा , ठाकुर पाैडेल , श्मनाेज वली ,माेहन राज काफ्लेलाई विशेष धन्यवाद समेत दिनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?