ट्रेन्डीङ्ग

नारायणी नदिमा प्राकृतिक श्रोतको दोहन,कारबाही गर्ने विप्लव नेकपाको चेतावनी

जेठ १४,चितवन। विप्लव नेतृत्व नेकपा निकट युवा संगठनले कोरोना महामारीको संकट झेलिरेहेको परिस्थितिमा पनि कमिसन खोर ,माफिया र दलालीहरुको संरक्षणमा नदिको प्राकृतिक स्रोतको दोहन भएको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ।

भरतपुर महानगर पालिका वडा नं. १६ ज्ञानेश्वर सामुदायिक वन क्षेत्रवाट नारायणी नदिकाे प्रकृती स्रोत दोहन गरेको विषय पटक पटक स्थानिय जनप्रतिनिधिलाई जानकारी गराउदा पनि नियन्त्रण भएको छैन’ विज्ञप्तिमा भनिएको छ।

यसैगरी उक्त दोहनकार्य छोडेर जनताको बीचमा जान आग्रह गरिएको छ।नत्र भने पार्टीले आबश्यक कारबाही अघि बढाउने चेतावनी समेत दिएको छ।सयोंजक राजु श्रेष्ठ र केन्द्रिय सदस्य राम सेढाईले एक बिज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन। बिज्ञाप्ति:–

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal