ट्रेन्डीङ्ग

लमही अस्पताललाई किवानिज क्लबद्वारा जेनेरेटर सहित स्वास्थ्य सामाग्री सहयोग

टेकबहादुर पुन जेठ १४

दाङ । लमही अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हरुका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

सँकटको बेला स्वास्थ्यकर्मी हरु जोखिममा रहेको भन्दै किवानिज क्लब अफ काठमाण्डौ ईसुनले शुक्रबार दाङ देउखुरीको लमही अस्पताललाई अति आबश्यक स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

क्लबले अस्पताललाई ५० पिस पिपि सेट, ५० पिस फेस सिल्ड, ५० पिस के नाईन्टि फाईभ मास्क, प्याकेट सर्जिकल मास्क, १६ पिस एप्रोन, २६ पिस बुट, २ बक्स ग्लोब्स, १ सय पिस हेयर कभर क्याप, र १ पिस जेनेरेटर सहयोग गरेको छ । उक्त सामाग्री किवानीज क्लब देउखुरीका अध्यक्ष बसन्त अधिकारीले लमही अस्पतालका मेडिकल डाईरेक्टर रन्जिता महतोलाई हस्तान्तरण गरेका हुज । उक्त सामाग्री ईशुन क्लबका अध्यक्ष प्रतिभा न्यौपाने र सँस्थापक अध्यक्ष दिपक शर्मा पौडेलको बिशेष पहल र सहयोगमा लमही अस्पताललाई उपलब्ध गराईएको हो ।

कोभिड माहामारीको बेला अस्पताललाई अति आबश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा महतोले सेवा प्रदायक निकायलाई धन्यबाद दिएकि छन । सो अबसरमा किवानीज क्लब देउखुरीका बिष्णु गिरि र सुरेश जैसवालको समेत सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal