ट्रेन्डीङ्ग

महामारीका बेला राज्यलाई जिम्मेवार बन्न नेकपाको आग्रह

गणेश एसके जेठ १४ कञ्चनपुर।
विश्व महामारी सम्बन्धित निकाय र राज्यलाई जिम्मेवार बन्न नेकपा ध्यानाकर्षण गराएको छ ।
राज्यले यो जटिलताका बीचमा देखाएको अनुत्तरदायी भूमिका र गलत नीतिका कारण आम जनताका जनजीविका, जनतन्त्र मा पर्न गएको असार प्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । सम्बन्धित निकाय ले यसको समाधानको पहल कदमी लिनको लागि अपिल पनि गरेको छ ।

हेर्नुहोस के भनिएको छ जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य ओम प्रकाश पुन ( निर्माण ) र जिल्ला सचिव रमेश परियार (जीवन ) द्वारा यही जेठ १४ गते निकालिएको विज्ञप्तिमा “जनताहरु काेराेना महामारी र लकडाउनकाे चपेटामा परेको बेला राज्यको बेवास्ता र गलत नितिका कारण जनतामा पर्न गएको निम्न समस्याका बारेमा हाम्रो महान तथा जनप्रिय पार्टी कञ्चनपुरको गम्भीर ध्यानाकर्षण भएको छ । त्यसको समाधानका लागि हामी संबंधित पक्षको ध्यानाकर्षण गर्न र गराउन चाहन्छौं ।

१) काेराेना उपचारको नाममा सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थाहरुमा भैरहेको अनियमितता, महंगी, बेवास्ता र भ्रष्टाचारको कडा अनुगमन र नियन्त्रण गरियाेस ।
२) काेराेना उपचारको नाममा हुने गैरकानुनी व्यापार बन्द गरियोस् ।स्वास्थ्यकर्मी नियुक्तिको नाममा हुने अनियमितता र विभेद अन्त्य गरियोस् ।
३) अक्सिजन ग्यासको कृतिम अभाव र कालाेबजारीलाई कडाइकासाथ नियन्त्रण गरियाेस ।
४) लकडाउनकाे दुरुपयोग गरि कालो बजारी र तस्करी बढेको छ । केही नाफाखाेर व्यापारीले चर्को महंगी बढाएका छन् । शहर देखि गाउँसम्म महंगी बढेकोले यसको कडा अनुगमन र नियन्त्रण गरियोस् ।
५) लकडाउनले सम्पुर्ण व्यापार – व्यावसाय ठप्प र चाैपट भैरहेको बेला बैंकहरु र बैंकहरुद्वारा सञ्चालित सुदखाेर वित्तिय संस्थाहरुले उद्योग व्यवसायी र जनताबाट चर्को व्याज असुल गर्नुका साथै लघु वित्तिय संस्थाहरूले लकडाउनकाे मापदण्ड विपरीत गाउँ गाउँमा गएर महिला समुह परिचालन गरि किस्ता असुल गर्ने नाममा जबर्जस्ती लुटपाट मच्चाइरहेका छन् । जबर्जस्ती जनताको नगद तथा जिन्सी खाेस्ने काम गरिरहेका छन् । यसलाई तुरुन्त राेकियाेस । यदि यस खाले लुटपाटकाे कानुनी कार्य वित्तीय संस्थाको नाममा जारी राखे पार्टीको तर्फबाट जनतालाई प्रतिरोधमा उतार्ने चेतावनी दिन्छाै ।
६) दाताले दिएका स्वास्थ्य सामाग्री, सरकारी काेटाका स्वास्थ्य सामाग्री र सहयाेगहरुमा संसदवादी पार्टीका नेता – कार्यकर्ता र सांसद – मन्त्रीहरूले सस्तो लाेकप्रियताकाे नाममा आफ्नै खल्तीबाट दिएको जस्तो घृणित र लज्जास्पद हर्कत देखाउदै आएकोमा यस्ता कार्य तत्काल बन्द गरियोस् ।
७) जनता अब क्रमशः राेगबाट भन्दा पनि भाेकबाट मर्ने अवस्था सृजना हुदै गएको छ । राज्यबाट कुनै राहतका कार्यक्रम घाेषणा गरिएको छैन । कथित एकद्वार प्रणालीको नाममा दाताहरुलाई सहयोग गर्ने वातावरण पनि सृजना गरिएको छैन । काेराेना संकट बढीरहेकाे अहिलेको अवस्थामा पनि नागरिक भारततर्फ राेजगारिकाे लागि जाने क्रम जारी छ । यसलाई तत्काल राेकी राज्यको तर्फबाट श्रमिक तथा गरिब जनताको लागि उचित राहतका कार्यक्रम लागु गरियोस् ।
८) जनताको स्वास्थ्य, राहत र राेजगारकाे वातावरण सृजना गर्नुको सट्टा संसदवादी शक्तिहरू कुर्सी फेरबदलकाे खेलमा लाग्नु घृणित र लज्जाजनक कार्य हाे । भ्रष्टाचार र कमिशनकाे खेलमा लाग्नु झनै आपत्तिजनक कुरा हाे । सुकुम्बासी बस्ती उजाड पार्ने तर राष्ट्रघाती नागरिकता विधेयक ल्याएर सत्ता संकट हल गर्न खाेज्ने कदम झनै राष्ट्रहित बिपरितकाे जघन्य कार्य हाे । तसर्थ कुर्सी स्वार्थका कारण विज्ञहरूको राय विपरीत हचुवाकाे भरमा ल्याइएको नागरिकता विधेयक कंचनपुर जिल्लामा लागू नगरियोस् ।
९) काराेना महामारीको विरुद्धमा लड्न र जनताको जिउधनकाे रक्षा गर्न छुट्टै स्वास्थ्य तथा राहत प्याकेज बजेट र कार्यक्रम घाेषणा गरियोस् । त्यसको उचित प्रयोग र व्यवस्थापनको लागि सर्वपक्षीय र सर्वदलीय स्वास्थ्य तथा राहत स्यवंसेवक टिम परिचालन गरियोस् । त्यसको लागि हामी हाम्रो पार्टीको तर्फबाट जस्तोसुकै सेवा र सहयोग गर्न पनि तयार रहेको जानकारी गराउदछाै ।
१०) काेराेना महामारी संग लड्न उचित स्वास्थ्य मापदण्ड र उपचार सहित उच्च मनाेवलकाे पनि जरुरी पर्छ । त्यसको लागि राेगबाट भागेर हैन उच्च मानवीय भावनाका साथ डटेर काेराेनाकाे सामना गर्नुपर्छ । याे सवालमा हाम्रो पार्टी राहत, उपचार र उद्दारकाे कार्यमा सक्दाेरुपले लागिरहेको नै छ । अझै यसमा सबैको सहयोग र सहकार्यको लागि अपिल पनि गर्दछौं ।
११) कञ्चनपुर जिल्ला काेराेना संकटग्रस्त र सिमावर्ती जिल्ला पनि भएकोले राज्य प्रशासनकाे तर्फबाट उचित व्यवस्थापन र नागरिकको तर्फबाट उच्च सर्तकता अपनाउनु पर्नेछ । त्यसको लागि सबै पक्षको सहकार्य र समन्वयको लागि पनि हामी सबैमा हार्दिक अपिल गर्दछौं “।विज्ञप्ति:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?