ट्रेन्डीङ्ग

जिल्ला अस्पताल बझाङलाई ३ वटा अक्सीजन कन्सन्ट्रेटर हस्तान्तरण

जेठ १३, टेकेन्द्र बाेहरा, बझाङ ।

जिल्ला अस्पताल बझाङलाई ३ वटा अक्सीजन कन्सन्ट्रेटर खरिद गरि  हस्तान्तरण गरेका छन  ।कोरोनाको महामारी दिन प्रति दिन बिकराल रुप लिईरहेकाे वेला भई नेपाल तरुण दलका अध्यक्ष विष्णु ऐडिले सामाजिक सञ्जाल फेसवुकवाट अभियान चलाई देश तथा बिदेशमा वस्ने आफ्ना शुभचिन्तक साथीहरुको सहयोगबाट अक्सीजन कन्सन्ट्रेटर खरिद गरि जिल्ला अस्पतालमा एक कार्यक्रमका बिच हस्तान्तरण गर्नु भएको हो ।

देश भरि अक्सिजनको अभाबमा भई रहेका बेला जिल्लामा ३ वटा कन्सन्टेटर उपलब्ध भएपछि ठूलो राहत मिलेको छ जिल्ला स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जाेशीले बताए । कार्यक्रम अध्यक्ष ऐडिले भन्नुभयो अझै जिल्लाका १२ वटै स्थानीय तहहरुमा कम्तीमा पनि एक एक वटा सहयोग गर्न पाए अझै राम्रो हुने हुने बताए ।

हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी महोन अधिकारीले भन्नुभयो, यस्तो महामारीको बेला यस्तो पुण्ड काम गर्नु आफैमा राम्रो काम भएकाले ऐडिको टिमलाई बिशेष धन्यबाद दिनुभयो ।

तस्तै त्यौ जिल्ला अस्पताल बझाङका प्रमुख डा. सन्दिप ओखेडाले यी साम्रागीले जिल्ला अस्पताललाई निकै राहत मिलेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?